राजेन्द्र महतो, लहान । सिरहाको कल्याणपुर नगरपालिकाले वडा नम्बर ५ मा पहिलो चरणको राहत प्याकेज सम्पन्न भएको छ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित रोकथाम तथा न्यूनिकरणका लागि नेपाल सरकारले गरेको लकडाउनले दैनिक ज्याला मजदुरी गरेर जीविकोपाजृन गर्दै आइरहेका मानिसहरु प्रभावित भएका छन् ।
सिरहाको कल्याणपुर नगरपालिका का १२ वटा वडा मा करीब ३ हजार गरीब तथा विपन्न घर परिवारलाई राहत सामग्री वितरण गरिएको कल्याणपुर नगरपालिकाका नगरप्रमुख सुर्यनाथ मण्डलले जानकारी दिए ।
शुक्रबार वडा नमबर ५ का २ सय ९९ गरीव तथा विपन्न वर्ग घरपरिवारलाई राहत वितरण गरिएको पनि नगरप्रमुख मण्डलले जानकारी दिनुभयो ।
राहत सामाग्रीको प्याकेजमा प्रति परिवारलाई १५ किलो चामल, एक किलो दाल, एक किलो नुन, एक किलो चिनी, एक लिटर खाने तेल र दुई पिस साबुन वितरण गरिएको छ ।