उदयपुरमा भिडभाड रोकिएन

उदयपुरमा भिडभाड रोकिएन

उदयपुर : उदयपुरको एउटै गाँउमा २८ जनामा कोरोना संक्रमण भएपछि प्रदेश सरकारले जिल्लालाई पुरै सिल गर्याे ।

तर यति धेरै संख्यामा कोरोना संक्रमित भेटिदा सम्म जिल्लामा लकडाउन राम्रोसँग कार्यान्वयन गर्नका लागि प्रशासन चुकेको देखिन्छ, भन्ने नागरिकहरुबाट वयापक उल्लघंन गरेको पाईन्छ ।

सुरुमा प्रहरी प्रशासनले केही कडाइ गरे पनि अहिले गाईघाट बजारमा अधिकांश स्थानमा भीडभाड अधिक हुन थालेको छ ।

दिउँसोको समयमा लकडाउन नै नभएको अनुभूति हुनेगरी बजारमा किनमेल र घुमफिरका लागि मानिस सडकमा देखिने गरेका छन्।
सुरुका दिनहरुमा लकडाउनलाई उल्लघंन गरी सडकमा निस्केकालाई प्रहरीले दिनभर नियन्त्रणमा लिएर साझ सम्झाईबुझाई गरेर छोड्ने गरेको थियो ।

तर अहिले भने प्रहरी प्रशासनले खुल्लेआम हिड्डुल गर्नेलाई रोक्नलाई कुनै पनि सक्रियता देखाएको पाईदैन ।

मानिसहरुले सामाजिक दूरीलाई समेत बेवास्ता गर्ने र व्यवसायीमा पनि त्यसप्रति बढी चासो नभई केवल बस्तु बिक्रीलाई प्राथमिकता दिँदा लकडाउन कार्यान्वयनमा विषेश गरि साझपख भिडभाड बढिनै हुने गरेको पाईन्छ । सर्वसाधरणहरु एक जनाले ल्याउन सक्के सामाग्री खरिद गर्न समुहनै बनाएर बाहिर निस्किएको पाईन्छ ।

बेलाबेलामा प्रहरी प्रशासनले “बजार पसल बन्द गर्न माइकिङ गर्दै हिडे पनि कतिले प्रहरीको आँखा छलेर त कतिले खुल्लेआम प्रहरीकै अगाडी पसलहरु खोलेको पाईन्छ । पत्रकारहरुले फोटो खिच्च थाले पछि पसलको सटर बन्द गर्ने र पत्रकार गएपछि फेरी व्यापार सञ्चालन गर्ने गरेको पाईन्छ । बजारमा विषेश गरि कपडा पसलहरु, कस्मेटिक पसलहरु बढि खुल्ने गरेको पाईन्छ ।”

कतिपय स्थानमा त प्रहरीहरुनै व्यापारीहरु सँग गफिँदै बसेको समेत पाईन्छ । यस बारेका ‘प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीलाई जानकारी गराउँदा आफुलाई थाहा नभएको र प्रशासनले कडाई गरेको बताए ।’

ठुलो मात्रामा कोरोना संक्रमण देखिएको जिल्लामा लकडाउनलाई कडाइ साथ पालना गर्न जरुरी देखिन्छ ।

सम्बन्धित खवर