तिलक नेपाली (बर्देवा), उर्लाबारी
एकका लागि एक अभियान भन्ने नाराका साथ शुक्रबार सहारा नेपाल (साकोस) ले उर्लाबारी ४ मा राहत प्रदान गरेको छ ।
अभियानले उर्लाबारी नगरपालिकामा वडाले दोस्रो चरणमा सिफारिस गरेको बक्राबाधमा बसोबास गर्ने विपन्न, दैनिक ज्याला मजदुरी गरि पेट पाल्ने, अशक्त, असाहय ४० घरपरिवारलाई प्राथमिकतामा राखि राहत बितरण गरिएको हो । उक्त राहत उर्लाबारी नगरपालिका मार्फत एकद्दार प्रणालिमा वडाले सुक्रबार सर्वदलिय उपस्थितिमा बितरण गरेको कार्यबाहक अध्यक्ष कृष्णमाया कडरियाले बताएकी छन् ।
यस अघि स्थलगत अनुगमन गरि विपन्न परिवारलाइ राहतको लागि सस्थाको प्रतिनिधि सहित वडाले राहतको लागि कुपन बाडिएको वडा सदस्य कल्याणकुमार राईले बताएका छन् ।
राहत हस्तान्तरण कार्यक्रममा बोल्दै वडा सदस्य डोमनाथ खतिवडाले यो अभियानले अब विपन्न समुदाय भाकभोकै बस्नु नपर्ने भन्दै सहारा नेपाललाई धन्यवाद दिएका छन्।
सो अवसरमा सहारा नेपालको केन्द्रीय कार्यलय चारपानेबाट हुनेले नहुनेलाई सहयोग गर्नुपर्छ भन्दै एकका लागि एक अभियान थालेको बताईएको छ । अहिले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको महामारीले देश लकडाउनको अपस्थामा छ । यो घडिमा कुनैपनि विपन्न परिवार लाई भोकमरी नलागोस भन्ने उदेश्यले सहारा नेपालको कर्मचारीले आफ्नो तलब कटौती गरि यो अभियान सुरु गरेको सहारा नेपालको ईलाका प्रमुख ओम प्रकाश शाहले बताएका छन् ।
शाहले यो अभियान बाट अहिले झापा, मोरङ, र सुनसरी मा २ दर्जन भन्दा बढी संस्थाको सहयोगमा राहत प्रदान गरिरहेको बताएका छन् ।
सहारा नेपालको सेवा केन्द्र मंगलबारे बाट वडा नं ४ को बाधडाडामा २४ जना सेयरसदस्यमा यसअघि वडाबाट १३ जनाले राहत पाएको र बाकी ११ जना आफ्ना सेयर सहित अन्य २९ जना गरि ४० जनालाई सहयोग गरेको शाखा प्रमुख रोसन ढुङगानाले बताए । साथै संस्थाबाट उर्लाबारीका बाँकी वडाहरुमा पनि सेयरसदस्य भएकाले राहतका लागि अभियान अघि बढाउने ढुङगानाले बताएका छन् ।
हरेक सम्पन्न परिवारले एक विपन्न परिवारलाई सहयोग गरे यो अभियान सफल हुने भन्दै सहारा नेपाल र अभियानकर्मी लाई नगरकार्यपालिको तर्फबाट कार्यबाहक वडाअध्यक्ष एवम कार्यपालिका सदस्य कृष्णमाया कडरियाले धन्यवाद व्यक्त गरेकी छन । उक्त अभियानले समाजमा सकारात्मक शन्देश जाने सहारा का फिल्ड अफिसर बलराम लिम्बूले बताएका छन ।