किटको अभाव : सिन्धुलीमा आरडिटी परिक्षण हुन सकेन

किटको अभाव : सिन्धुलीमा आरडिटी परिक्षण हुन सकेन

सिन्धुली, २६ बैशाख – सिन्धुलीको मरिण गाउँपालिकामा क्वारेन्टाइनमा राखिएका १८ जनाको किटको अभावमा आरडिटी परिक्षण हुन सकेको छैन ।

बुधबार क्वारेन्टाईनमा राखिएका ती व्यक्ति सबैको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको र किटको अभावमा आरडिटी परिक्षण गर्न नपाएको गाँउपालिका अध्यक्ष पानीराज बम्जनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “समन्वय गरेर किट मगाएका छौं । किट आएपछि संभवत आईतबारसम्म उनीहरुको आरडिटी परिक्षण गरिने छ ।”

उहाँका अनुसार तीन जनामा सामान्य ज्वरो देखिए पनि स्वास्थ्य अबस्था भने सामान्य रहेको छ । मरिण गाउँपालिकाको वडा नं७ को थामी समुदायका ती व्यक्तिहरु रौतहटको इट्टाभट्टामा काम गर्ने श्रमिक रहेका छन् । लकडाउनले गर्दा खाना बस्नलाई समस्या भएपछि हिडेर सिन्धुलीस्थित आफ्नो घर आउने क्रममा हरिहरपुरगढि गाउँपालिकाले पनि एक दिन क्वारेन्टाइनमा राखेको थियो ।

त्यसको भोलीपल्ट मरिण गाउँपालिकाले उद्धार गरी क्वा’रेन्टाईनमा राखेको गाँउपालिका अध्यक्ष बम्जनले जानकारी दिनुभयो । उनीहरुलाई दुई बटा गाडी मार्फत उद्धार गरेर कपिलाकोट स्थित स्वास्थ्य कार्यलयको क्वारेनटाइन ल्याएर राखिएको गाउँपालिकाले जनाएको छ ।

क्वा’रेन्टाइनमा राखिएका मध्ये १३ जना पुरुष र ५ जना महिला रहेको छन् । ती मध्ये पनि चार जना बालबालिका रहेका छन् । उनीहरुको दैनिक तीन पटकसम्म स्वास्थय जाँच भई रहेको छ ।

यता जिल्ला स्वास्थ्य कर्यालयले भने बुधबारसम्म सिन्धुली जिल्लामा आरडिटी परिक्षण ५५३ जनाको र पिसिआर परिक्षण आठ जनाको गरेकोमा सबैको नतिजा निगेटिभ आएको जनाएको छ । कार्यालय प्रमुख जितेन्द्र साहले पिसिआर परिक्षण गर्न मंगलबार थप पाँज जनाको स्वाब पठाएकोमा नतिजा आई नसकेको बताउनुभयो ।

उहाँले जिल्लामा करिब छ सय आरडिटीको किट आएकोमा अहिले अभाव रहेको पनि बताउनुभयो ।

सम्बन्धित खवर