प्रहरीले चलाएको मोटरसाइकल दुर्घट्ना, एक महिलाको मृत्यु

प्रहरीले चलाएको मोटरसाइकल दुर्घट्ना, एक महिलाको मृत्यु

पथरी, पुर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरीमा विहिबार प्रहरीले चलाएको मोटरसाइकल दुर्घना भएको छ । मोटरसाईकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

कानेपोखरी –७ मा पर्ने पूर्व पश्चिम राजमार्गमा दिउँसो ३ बजे पश्चिम जाँदै गरेको २५ प ३८८९ नम्बरको मोटरसाईकल दुर्घटना भएको हो । मोटरसाइकलले साइकल यात्री बेलबारी –८, निवासी शान्ता राजवंशीलाई ठक्कर दिदा उनको मृत्यु भएको हो । सक्त घाइतेभएकी राजवंशीको पथरी अस्पतालमा उपचार क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरीले बताए ।

दङ्गा नियन्त्रण कार्यालय दुहवीमा कार्यरत शसस्त्र प्रहरी जवान खगेन्द्र कार्की सवार मोटरसाईकलले ठक्कर दिएका थिए । सोहि मोटरसाईकलको पछाडी सवार अनिता भण्डारी पनि घाईते भएको प्रहरीले जनाएको छ । सवारी र चालकलाई पथरी प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टमका लागि उर्लाबारी स्थित मंगलबारे अस्पतालमा राखिएको छ ।

सम्बन्धित खवर