अन्नपूर्ण स्कुलको सञ्चालन नयाँ व्यवस्थापनमा

अन्नपूर्ण स्कुलको सञ्चालन नयाँ व्यवस्थापनमा

पथरी, मोरङको पथरी शनिश्चरे–१ मा रहेको अन्नपुर्ण बोर्डिङ स्कुल नयाँ व्यवस्थापनमा आएको छ । स्कुल बन्द भएको भनेर चौतर्फी कुरा आइरहेका बेला नयाँ व्यवस्थापनका साथ विद्यालय पूनः सञ्चालनमा आउने भएको हो ।

पथरी शनिश्चरेका युवा ब्यावसायी भुवन सिंह लिम्बुको नेतृत्वमा अन्नपूर्ण सञ्चालनमा आउने भएको हो । पुरानो व्यवस्थापन टिमले आन्तरिक समस्याको कारण देखाउदै केहि दिन अगाडी २०७७ सालबाट संस्था बन्द गर्ने निर्णय गरेको थियो । संस्थाको २९ बर्षे इतिहास र धेरै विद्यार्थीको भविष्य जोडिएकाले संस्थालाई निरन्तर अगाडी बढाउन लिम्बुले संस्था जिम्मा लिएको जानकारी दिएका छन् ।

संस्थामा ४÷५ सय विद्यार्थी रहेका र धेरै विद्यार्थी, अभिभावक र शुभ चिन्तकहरु संस्था बन्द हुने भने पछि चिन्तित थिए । यसै बिचमा पुरानै भवन र पुरानै शिक्षक, कर्मचारी तथा अभिभावकहरुका साथमा संस्था अगाडी बढ्ने संचालक लिम्बुले बताए ।

नयाँ व्यवस्थापनले विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई बिचलित नहुन पनि अनुरोध गरेको छ । लकडाउन खुलेसंगै स्कुल सञ्चालनमा आउने भएकाले विद्यार्थीहरु तयारीका साथ बस्न लिम्बुले अनुरोध गरेका छन्।

सम्बन्धित खवर