नरहा गाउँपालिकामा राहत वितरणमा विभेद

नरहा गाउँपालिकामा राहत वितरणमा विभेद

राजेन्द्र महतो, लहान । कोरोना भाइरसको महामारीका कारण सरकारले लगाएको लकडाउनबाट गरिब, मजदूर, ज्यालादारी गरी  खाने, भूमिहीन, सुकुमबासी, साहारा विहीन, जेष्ठ नागरिक, अपांगता भएको व्यक्तिहरुलाई बढी प्रभावित बनेका छन् ।

यद्यपी सरकारले यसरी समस्यामा परेका परिवारलाई उचित राहत वितरण गरेपनि नरहा गाँउपालिकाका वास्तविक समस्यामा परेका मानिसहरुले राहत सामग्री पाउन सकेका छैनन्।

लकडाउन जारी भएको डेढ महिना बितिसक्दा पनि बल्लतल्ल सिरहाको नरहा गाउँ पालिका .ले राहत वितरण सुरु गरे पनि राहतमा विभेद भएको स्थानीयहरुले गुनासो गरे ।

नरहा गाउँपालिकाले मंगलबार देखि सुरु गरेको राहत बितरण कार्यक्रममा वास्तविक राहत पाउनु पर्ने मानिसहरुले राहत पाउन सकेका छैनन् यादवले भने राहत वितरणको क्रममा आसेपासे तथा राजनीतिक हिसावले विभेद गर्दै जग्गा जमिन , हुने खाने तथा समपन्नलाई राहत वाडियो तर हामी बिहान बेलुकाको छाक टार्नै धौधौ परिरहेकालाई वडाले राहत नदिएको स्थानीयहरुको गुनासो छ ।

बुधबार सिरहाको नरहा गाउँपालिका वाडा नम्वर ५ मा गरिएको राहत बितरण मा स्थानीय दैनिक ज्यालादारी काम गर्ने, गरिब, दलित तथा विपन्नवर्गका परिवारले राहत नपाएपछि उनीहरु आक्रोसित भएका थिए ।

नरहा गाउपालिका ५ की एक महिलाले आफ्नो नाम राहतको सूचिमा परेको तर राहत बुझ्न जाँदा वडा अध्यक्षले अगामी दिनमा दिने बताएपछि निराश भएर रित्तै घर फर्कनु परेको उनले बताईन ।

त्यस्तै, आफू दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन आइरहे पनि आफूले राहत नपाएको भन्दै उनले कोरोना भाईरसको त्रास भन्दा आफूलाई बिहान बेलुकाको छाक कसरी टार्ने भनने बारेमा चिन्ता भएको बताईन ।

यस बिषयमा कुरा गर्दै गाँउपालिका अध्यक्षले भने, बाँकी रहेकालाई आगमी दिनमा फेरी राहत बाड्छौ । कर्मचारी र वडाअध्यक्षहरुले नै डाटा संकलन गरेर ल्याउनु भएको हो, उनले भने ‘संकलित तथ्याङ्कका आधारमा राहत बाँडेका हौँ ।’

सम्बन्धित खवर