नेकपा स्थायी समिति बैठक भोलि ११ बजे

नेकपा स्थायी समिति बैठक भोलि ११ बजे

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक भोलि (बिहीबार) बिहान ११ बजे हुने भएको हो । नेकपाको बुधबार बसेको सचिवालयले स्थायी समिति बैठकको समय निर्धारण गरेको हो ।

प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दहालबीच सचिवालय बैठक बस्नुअघि भएको छलफलमा स्थायी समिति बैठक बिहीबार ११ बजे डाक्ने योजना बनेको थियो ।अध्यक्षद्वय ओली र दाहालको छलफलले तय गरेको समयलाई नै सचिवालयका अन्य नेताहरुले समर्थन गरेका हुन् । सचिवालयले स्थायी समिति बैठको समय निर्धारण गरे पनि पार्टीले भने त्यसबारे औपचारिक जानकारी गराइसकेको छैन ।

सरकारकाे कार्यशैली र अध्यादेशको विषयलाई लिएर पार्टी नेतृत्वबीच विवाद भएपछि त्यसबारे छलफल गर्न नेकपाले स्थायी समिति बैठक बोलाएको हो । नेकपाको स्थायी समिति ४५ सदस्यीय छ ।

पार्टीमा पछिल्लो समय उत्पन्न विवाद समाधानबारे स्थायी समितिमा छलफल हुनेछ । स्थायी समितिको एजेण्डा तय गर्न बुधबार सचिवालय बैठक बसेको हो । दिउँसो ३ बजेदेखि शुरु भएको बैठक अझै जारी छ ।

सम्बन्धित खवर