नेपालमा थप १७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

नेपालमा थप १७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं : नेपालमा बुधबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार पर्साका १७ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित मध्ये एक २ महिनाको शिशुसहित १० पुरुष र ७ महिला रहेका छन् ।

संक्रमित सबैको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको जनाइएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जनाइएको छ ।

नेपालमा हालसम्म ९९ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये २२ जना निको भएर घर फर्केकोमा ३ जनामा कोरोनाको पुनः संक्रमण देखा परेको छ ।

सम्बन्धित खवर