लकडाउनका कारण उत्पादनले बजार नपाएपछि किसानको मेहनत खेर

लकडाउनका कारण उत्पादनले बजार नपाएपछि किसानको मेहनत खेर

यतिबेला तरकारी नबिकेर खेतबारीमै कुहिन थाले पछि उदयपुरका किसानहरु चिन्तित बनेका छन ।

जिल्लाको त्रियुगा नगरपालिका ३ भुल्केमा एउटै गाँउका २८ जनालाई कोरोना संक्रमणको पुष्टि भएपछि जिल्लालाई नै प्रदेश सरकारले सिल गरेको छ ।

जिल्ला सिल भएसँगै व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका किसानहरु यतिबेला मर्कामा परेका छन ।

त्रियुगा नगरपालिका ३ मोतिगडाका कृषक लिलबहादुर कार्कीले दुई बिगाहा जमिनमा गरेको तरकारी कुहिएर नष्ट हुदा, दुई लाख भन्दाबढीको घाटा लागेको बताए। आम्दानी लिन सुरु भएपछि सरकारले लकडाउन घोषणा गर्दा उनले लगाएको तरकारी बिक्री गर्न नपाउँदा बारीमै कुहेको हो । पानी परे पछि झन रातै भएर पाकेको खुर्सानी, टमाटर पुरै नष्ट भएको छ ।

कार्कीका भन्ने,‘ लकडाउनका शुरुवाती दिनमा केही व्यवपारीहरु तरकारी किन्न खेतमै आए पनि भुल्केमा कोरोना संक्रमणको पुष्टि भए पछि कोही आउन छोडेको केही आएकालाई पनि गाँउमा प्रबेश गर्न निषेध गरेकाले तकारी बेच्न पाइएन ।’

नाफाको कुरा त परै जाओस साँवा रकमनै घाटा लागेको उनले बताए । उनले दुई ‘बिघा क्षेत्रफल खेतमा काउली, काक्रा, खुर्सानी, बन्दा, बोडी, टमाटार,र्फसी लगाएको थिएँ, बजार लैजान नपाए पछि सबै बारीमै कुहिएको छ । कतिपय छिमेकीले त्यसै लगे, धेरैजसो पशुचौपायका लागि खोले बनाएँ। त्यति गर्दा पनि नसकिएपछि मल हुन्छ, भनेर बारीमै खाल्डो खनेर पुर्नुरेको किसान कार्कीले दुखेसो गरे।’

‘सबै भन्दाबढी टमाटर, काँक्रा र खुृसानी नष्ट भएको छ,’ उनले भने, ‘लकडाउन नभएको भए यो सिजनमा दुई लाखको तरकारी मज्जाले बेच्थेँ । तमाटार, काँक्रा, खुर्सानी स्याहारसुसार सकेर परिश्रमको फल लिने बेला सबै नष्ट भयो, किसान जसरी पनि सडक छाप नै भयौँ ।’

उनका अनुसार, “बैंकको लोन कसरी तिर्ने यो कुराले निकै सताइ रहेको छ। कतैबाट सहयोग आउने झिनो आश समेत रहेको उनले बताए । ५ क्विन्टल भन्दाबढी र्खुसानी बेच्ने बेला भाको छ । कुहिए्र झर्न थालेको र बजारमा खुर्सानी प्रती केजी सय रुपँया बिक्री हुन्छ । कोही किन्न यहाँ आए म मिलाएर त्यो भन्दा सस्तो मुल्यमा दिने थिए।”

त्यसो त उनी मात्र हैनन् १० बिघा जमिनमा कृषक समुहमार्फत सामुहिक वगर खेती गर्दै आएका त्रियुगा नगरपालिका १२ विसपुरका विभिषणदास चौधरीले पनि लाख बढी घाटा व्यहोर्नु पर्यो । ‘उत्पादन धेरै भयो, बिक्री गर्ने समयमा लकडाउनले बजार र्पुयाउन पाइएन’, यस्तो हुन्छ भन्ने थाहै भएन, कुहिएको तरकारी देखाउँदै भन्छन ।

चौधरीकोे खेतीमा तर्वुजा, काँक्रा, लौका, फर्सी र करेला लगाएका छन् । बिक्री गर्न नपाएपछि लाखौँको तरकारी नष्ट भएको उनको भनाइ छ । यी मात्र हैनन त्रियुगा नगरपालिका क्षेत्रका थुप्रै किसानहरुले लगाएको तरकारी खेती लकडाउनकै कारण बारीमै कुहिएको छ ।

आफुले उब्जाएको तरकारी बिक्री वितरण गर्न नपाएपछि बैंकको लोन तिर्ने पिरले किसानहरुलाई सताएको छ ।

व्यवसायिकरुपमा तरकारी खेती गर्दै आएका यहाँका किसानले उत्पादित तरकारी सरकारले नै खरिद गरिदिनु पर्ने अन्यथा क्षतिको राहत दिनु पर्ने बताएका छन् । उनीहरुले आम्दानी लिने बेलामा सधैँ मुल्यको गिरावट, बन्दहडताल जस्तो समस्याले किसान मर्कामा पर्ने गरेको बताएका छन् ।

सम्बन्धित खवर