स्वास्थ्य मन्त्रालयको आग्रहपछि पनि पोखरामा अझैँ रोकिएन मानव सेनिटाइज कार्य

स्वास्थ्य मन्त्रालयको आग्रहपछि पनि पोखरामा अझैँ रोकिएन मानव सेनिटाइज कार्य

पाेखरा : नेपाल सरकारले मानव शरीरमा डिस्इन्फेक्सन स्प्रे नछर्न तथा यसबाट मानव स्वास्थ्यमा पर्ने असरका बारेमा बारम्बार जानकारी गराउँदा पनि गण्डकी प्रदेशमा भने यो कार्य रोकिएको छैन ।

गण्डकी प्रदेशको राजधानी पोखरामा त झन सेनिटाइजिङ्ग टनेल अझ फिट गर्न छोडिएको छैन ।पोखराका ६ महत्वपूर्ण स्थानमा सेनिटाइजिङ्ग टनेल प्रयोगमा रहेका छन् । पोखरा महानगरपालिकाले सबैभन्दा अगाडि सेनिटाइजिङ्ग टनेललाई प्रयोगमा ल्याएको हो ।

त्यस्तै तनहुँबाट कास्की छिर्ने नाकामा रहेको कोत्रेमा सेनिटाइजिङ्ग टनेल राखिएको छ । यो प्रयोगमा पनि रहेको छ । त्यस्तै पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पनि प्रवेश द्धारमा सेनिटाइजिङ्ग टनेल राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको गेटमा, वडा प्रहरी कार्यालय बैदाममा पनि सेनिटाइजिङ्ग टनेल राखेर सेनिटाइज्ड भएर मात्र प्रवेश गरिने ब्यवस्था गरिएको छ ।

त्यस्तै छोरेपाटनमा पनि पोखरा भित्रने ब्यक्तिले सो टनेल पार गरेर मात्र प्रवेश पाउने गरेका छन् । यो टनेल आजबाट प्रयोगमा ल्याइएको छ ।

यसरी नयाँ प्रयोगका रुपमा ल्याइएको सेनिटाइज्ड गर्ने कार्य मानव स्वास्थ्य प्रतिकुल रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर पोखराका मुख्य स्थानहरुमा भने सेनिटाइजिङ्ग गर्ने कार्य अझै रोकिएको छैन ।

मानव शरीरमा प्रत्यक्ष असर पर्ने गरि सेनिटाइज्ड गर्दा त्यसमा भएको केमिकलले छालाको रोग, आँखामा समस्या तथा स्वास प्रस्वासमा प्रतिकुल पर्छ ।

सेनिटाइज्ड टनेलमा प्रयोग गरिने केमिकल सोडयम हाइपोक्लोराइडले छालाको एलर्जी हुने तथा स्वास प्रश्वास अझ बढी जोखिम थपिने चिकित्सकहरु बताउँछन् ।

एकातिर स्वास प्रश्वासमा कारण बिश्व महामारी बन्दै गएको कोरोनाकोबिरुद्ध लडिरहेको समाजमा फेरि सेनिटाइज्ड गर्ने परम्पराले स्वास प्रसासमा थप चुनौती थप्ने त होइन भन्ने भयले आम मानिसलाई त्रसित बनाएको छ ।

त्यसैले मानव शरीरमा सेनिटाइज्ड गर्ने कार्य आजै रोक्नुपर्ने भन्दै सामाजिक सञ्जाल तथा बिभिन्न माध्यममा चिकित्सकहरुले बिरोध गर्न थालेका छन् ।

सम्बन्धित खवर