सिन्धुलीमा सावधानीका साथ स्थानीय तहले थाले विकास निर्माणका काम

सिन्धुलीमा सावधानीका साथ स्थानीय तहले थाले विकास निर्माणका काम

 

सिन्धुली,२४ बैशाख – सिन्धुली जिल्लामा स्थानीय तहले लकडाउन सुरु भएपछि रोकिएका कामलाई निरन्तरता दिन थालेका छन् ।

हरेक वर्षको विकास निर्माणका काम गर्ने मुख्य समयमा लकडाउन शुरु भएपछि रोकिएका कामलाई उच्च सा’वधानी अपनाउँदै स्थानीय तहले सहजीकरण गरेर काम शुरु गरेका हुन् । जिल्लामा रहेका दुई नगरपालिका र सात गाँउपालिकाले उच्च सावधानी अप्नाउदै विकास निर्माणका कामलाई सहजीकरण गरेर सुरु भएको जनाएका छन् ।

कमलामाई नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले ल’कडाउन सुरु हुनु अघि सम्झौता भएका विकास निर्माणका काम धमाधम सुरु भई रहेको बताउनुभयो । “सम्झौता भएका योजनाहरुको काम धमाधम भई रहेको छ,” उहाँले भन्नुभयो, “काम सकिएका योजनाहरुको फस्यौट गर्ने कार्य समेत भई रहेको छ ।”

लकडाउन अघि सम्झौता गर्न बाँकी रहेका योजनाहरुको अव भने सम्झौता हुने नहुने ठेगान नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार वडास्तरबाट माग भई सम्झौता भएका खानेपानी, सिंचाई कुलो, सामुदायिक भवन, तटबन्ध लगायतका कामहरु सामाजिक दुरी कायम गरी भई रहेका छन् ।

उता फिक्कल गाँउपालिकाकाले पनि चालु आर्थिक बर्षको भौतिक पूर्वाधार योजनाहरु सञ्चालनको तयारी गरेको जनाएको छ । गाँउपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले यो बर्ष छ वटै वडामा गरी करिब दुई सय वटा भौतिक पूर्वाधारका योजनाहरु सञ्चालनको तयारीमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ती योजना सञ्चालन गर्न करिब तीन करोड रुैपया बजेट बिनियोजन गरिएको छ । योजना सञ्चालनका लागि सम्झौतासँगै फिल्डमा काम सुरु भई सकेको छ ।” अधिकांस योजनाहरु सडक, सामुदायिक भवन र खानेपानी लगायतको रहेको उहाँले सुनाउनुभयो ।

तीनपाटन गाँउपालिकामा पनि काम थालिएको छ । गाँउपालिकाका प्रमुख कर्णबहादुर थापामगरका अनुसार उक्त गाँउपालिकामा यो बर्ष साढे चार सयभन्दा माथि नै विकास निर्माणका योजनाहरु रहेको र ती योजना सञ्चालन गर्न २२ करोड रुपैया बजेट बिनियोजन गरिएको छ । यी योजना मध्ये एक ५० वटा जति योजना निर्माण सम्पन्न भई सकेको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “सम्पन्न भएका योजनाहरुको अनुगमन गरी दिनमा चाररपाँच वटा योजनाका व्यक्तिलाई बोलाएर भुक्तानी पनि दिई रहेका छौं ।” अझै करिब डेढ सयजती योजनाहरु सम्झौता गर्न बाँकी रहेको र लकडाउन खुलेन भने सबै योजनाको काम सक्न मुस्किल पर्ने उहाँले गुनासो गर्नुभयो ।

गाँउपालिकाको यो बर्षको योजनामा सबैभन्दा बढी सडक निर्माणका रहेको छ । त्यसपछि सिंचाई, बिजुली, खानेपानी लगायतको रहेको गाँउपालि’काले जनाएको छ । बाहिरका कामदार नबोलाई गाँउका नै पाँच — छ जनाको समूहमा योजनाको काम पनि भई रहेको उहाँले बताउनुभयो ।

गाँउपालिका प्रमुख थापामगरका अनुसार अत्यावश्यक र अ’धुरा आयोजनालाई उच्च प्राथमिकतामा राखिएको छ । बाँकी सम्झौता गर्ने र कामलाई तीव्रता दिन गाँउपालि’काले आवश्यक सहजीकरण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खवर