संयुक्त हेल्थडेक्सको अनुगमन

संयुक्त हेल्थडेक्सको अनुगमन

संजय आचार्य, पोखरा

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले आज जिल्ला प्रहरी कार्यालय स्याङजा साथै जिल्लाको सिमामा रहेको नेपाल प्रहरी र स्वास्थ्यकर्मी सहितको संयुक्त हेल्थ डेस्कको निरीक्षण गर्नुभएको छ ।

गण्डकी प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुले विश्वव्यापी रुपमा फैलिईरहेको कोरोना भाईरस संक्रमणलाई फैलन नदिन जिल्ला अन्तर्गत गरिरहेका विभिन्न गतिविधिहरु, लकडाउनको कार्यान्वयन साथै जिल्लाहरुको वर्तमान अवस्था र प्रहरी परिचालनका विषयमा जानकारी लिई आवश्यक निर्देशन सम्बोधन गर्न उक्त स्थलगत अवलोनक एवं निरीक्षण गरिएको हो ।

निरीक्षणको क्रममा प्रहरी नायव माहानिरीक्षक अर्यालले जिल्लाको सिमामा रेहको संयुक्त हेल्थ डेस्कमा खटिएका कर्मचारीहरुसंग विद्यमान अवस्था बारे जानकारी लिनुभई स्वास्थ्य तथा अन्य विषयमा कुनै समस्या आईपरे तत्कालै जानकारी गराउनु हुन समेत आग्रह गर्नुभयो ।

निरीक्षणको शिलसिलामा जिल्ला प्रहरी कार्यालय स्याङजा पुग्नु भएका प्रहरी नायव महानिरीक्षक अर्यालले जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरु, कार्यालयका विभिन्न शाखाहरु, मेस, ब्यारेक लगायत अन्य स्रोत साधनहरुको निरीक्षण गर्नु भएको थियो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक बिमलराज कंडेलले प्रहरी नायव महानिरीक्षक अर्याल समक्ष जिल्लाको शान्ति सुरक्षाको वर्तमान अवस्था, अपराधिक अवस्था लगायत कोरोना भाईरस संक्रमण फैलन नदिन जिल्ला अन्तर्गत प्रहरीले गरिरहेका विविध गतिविधिहरुका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक अर्यालले विश्वव्यापी रुपमा फैलिई रहेको कोरोना संक्रमणको जोखिम नेपालमा पनि बढिरहेकाले आफू सुरक्षित रहि आम नागरिकलाई यसको संक्रमणबाट बचाउन प्रहरी अग्रपंक्तिमा रहि काम गर्दै आईरहेको कुरा बताउँदै यसको रोकथामका लागि दिएको जिम्मेवारी उच्च सतर्कता र संवेदनशिलताका साथ निर्वाह गर्न गराउन निर्देशन दिनुभएको छ ।

त्यस्तै प्रहरी सेवा प्रवाहका विषयमा बोल्दै प्रहरी नायव महानिरीक्षक अर्यालले प्रहरी संगठन सवलीकरण र सुद्धिकरणको मार्गमा अग्रसर रहेको कुरा बताउँदै आम नागरिकका अपेक्षा अनुरुपको जनमुखी एवं उच्च आचरणयुक्त सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

साथै उक्त निरीक्षण कार्यक्रममा गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्ट समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर