हावाहुरीका कारण फर्निचर उद्योगमा ३ लाख बराबरको क्षति

हावाहुरीका कारण फर्निचर उद्योगमा ३ लाख बराबरको क्षति

पथरी, मंगलबार आएको हावाहुरीका कारण ३ लाख भन्दा वढिको क्षति भएको छ । हावा हुरीले छानो उडाउँदा मोरङ पथरी शनिश्चरे ५ मा रहेको रोशन फर्निचर उद्योगमा क्षति पुगेको हो ।

वडा नं. ५ का अध्यक्ष जोग बहादुर धिमालले संचालन गर्दै आएको फर्निचर उद्योगको छाना उडाएपछि आफ्नो ठुलो नोक्सान भएको धिमालले बताए । छाना उडाएपछि पानीले फर्निचरमा रहेको काठ चिर्ने मेसिनमा समेत क्षति पुगेको धिमालले बताए । पानी परेपछि मेसिन, मटर र अन्य फर्निचरका सामानमा समेत क्षति भएको धिमाललको भनाइ छ । हुरीले अन्दाजी ३ लाख भन्दा वढिको क्षति पु¥याएको धिमालको भनाइ छ ।

आफ्नो गरिखाने भाडोँ नै क्षतिग्रस्त भएको धिमालको भनाइ छ । सो क्षतिपूर्तिका लागि आवश्यक प्रकृया पु¥याएर पथरी शनिश्चरे साझेदारी वनबाट काठ उपलब्ध गराउने वनका कार्यान्वयन इकाइ सदस्य तथा साझेदारी वन प्रदेश १ का सदस्य महेश थापाले बताए ।

सम्बन्धित खवर