वडाकार्यालय नै स्टीमेट अनुसारको नभएको समितिको ठहर

वडाकार्यालय नै स्टीमेट अनुसारको नभएको समितिको ठहर

पथरी, वडा कार्यालय नै स्टीमेट अनुसारको नबनेको पाइएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ को कार्यालयको चरको काम डिजाइन अनुसार नभएको पाइएको अनुगमन समितिले जनाएको छ ।

अनुगमनका क्रममा स्टीमेट अनुसारको नभएपछि त्यसलाई भत्काएर डिजाइन अनुरुप गर्न ठेकेदार पक्षलाई निर्देशन दिइएको अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाउनु भयो । नगरका प्राविधिक तथा वडाध्यक्ष कपिलमणि ढकाल सहितले भवनको चरको काम हेर्दा डिजाइन अनुसारको नभएको तथ्य फेला पारेको थियो ।

६८ लाखको स्टिमेट रहेको भवनका लागि पर्शुराम निर्माण सेवाले ४७ लाख ५३ हजार रुपैयाँमा ठेक्का लिएको थियो । भूँइ तलामा ३ कोठा र माथिल्लो तला ४ कोठाको भवन निर्माण हुनेछ । त्यसको भूँइ तलामा शौचालय र स्नानगृह रहने छ ।

अनुगमन् टोलीले, ७ नम्वर वडाकै स्वामी चोक पूर्व शंकर राईको घर नजिकको बक्स कल्भर्टको पनि दोस्रो पटक अनुगमन् गर्दा गुणस्तरीय काम नभएको ठहर गरेको छ । ५ लाख रुपैयाँको सो योजनामा यसअघिको समितिको सुझाव अनुसार निर्माणको काम केही थप गरेपनि गुणस्तरीय नभएको पाइएको छ ।

टोलीले, वडा नम्वर ५ को कोठेबारी, ९ को पुल्चोक क्षेत्रको सडक ग्राभेलको पनि अनुगमन् गरेको छ ।

सम्बन्धित खवर