सिम्पानीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

सिम्पानीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

चरिकोट : मंगलबार बिहान करिब १० बजे भीमेश्वर नगरपालिका ६, सिम्पानीमा मिनि ट्रक दुर्घटना दुईजना घाइते भएका छन् ।
सदरमुकाम चरिकोटबाट कालिञ्चोकमा दाउरा लिन गएको बा ३ ख २३४३ नम्बरको मिनिट्रक दुर्घटना हुँदा विगु गाउँपालिका ७, विगुका १७ वर्षीय सुब्बा मगर र सोही स्थानका ३९ वर्षीय चालक निमा तामाङ घाइते भएको दोलखा प्रहरीले जनाएको छ ।

दुर्घटनामा १७ वर्षीय मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुबैलाई चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको दोलखाका प्रहरी प्रवक्ता निरीक्षक रेशम बोहराले जानकारी दिए ।

ट्रक सडकबाट करिब २० मिटर तल गुल्टेका थियो । दुर्घटना भएको ट्रकको ठक्करबाट एनसेट दोलखाको तालिमकेन्द्रमा क्षति पुगेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर