कल्याणपुर ६ का एक सय ५० विपन्न परिवारले पाए राहत

कल्याणपुर ६ का एक सय ५० विपन्न परिवारले पाए राहत

राजेन्द्र महतो, लहान : सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ६ भोकर्हाले एक सय ५० जना विपन्नपरिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड –१९ का कारण सरकाले लगाएको लकडाउनबाट प्रभावित दैनिक ज्याला मजदुरी गरी दैनिकी चलाउँदै आइरहेका गरीब तथा विपन्न वर्ग का परिवारहरुलार्इ राहत वितरण गरिएको हो ।

लकडाउनका कारण दैनिकरुपमा ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आइरहेका य दलित तथा अति विपन्न घरपरिवारलाई दैनिक जिवन यापन गर्न कष्टकर बन्दै गइरहेको बेला कल्याणपुर नगर पालिका वडा नम्बर ६ ले राहत सामग्री वितरण गरेको हो ।

राहत सामाग्रीको प्याकेजमा प्रति परिवारलाई १५ किलो चामल, एक किलो दाल, एक किलो नुन, एक किलो चिनी, एक लिटर खाने तेल र दुई पिस साबुन वितरण गरिएको ६ नम्बर वडा अध्यक्ष मतिवुल राइन बताउनुभयो ।

राहत समाग्री पाएपछि विपन्न परिवारमा खुसी छाएको छ ।

सम्बन्धित खवर