श्रमिकलाई ठग्नु अमानबियताको पराकाष्ट हो–सासद गुरुङ

श्रमिकलाई ठग्नु अमानबियताको पराकाष्ट हो–सासद गुरुङ

पोखरा : मुलुकमा कोरोना भाइरको महामारी बढ्दै गएको छ । सरकारले बन्दाबन्दी गरेको पनि ४१ दिन भयो । दैनिक काम गरेर जिवन धान्ने बर्ग अहिले शंकटमा परेका छन् । अर्को तिर संगठित क्षेत्रमा काम गर्ने मजदुरहरुको पनि रोजीरोटी खोसिएको छ । पर्यटनको गन्तब्य बनेको पोखरामा, संसारभर कोरोना भाईरसको महामारी नहुदो हो भने पर्यटक छपक्कै हुने गर्दर्थे ।

कोरोनाको कारण भएको बन्दाबन्दीले पर्यटन ब्यावसाय धरासायी बन्न पुगेको छ । पर्यटन मात्रै होईन उत्पादन गर्ने उद्योग लगायत सबै ब्यावसायको पीडा संसार भरि नै एउटै छ । अहिले पर्यटमा आधारित उद्योगहरु बन्द भए पछि त्यस ब्यावसायमा आश्रित मजदुरहरु पानी बिनाको माछा जस्तै छटपटाई रहेका छन् । एकातिर रोजगारीको समस्या अर्को तिर दैनिक गुजारा चलाउने समस्या छ । अहिले सबै भन्दा बढी मारमा परेको बर्ग मजदुर नै हो । संगठित क्षेत्रका मजदुरहरु केहि ब्यस्थीत होलान तर असंगठित क्षेत्र निर्माण र ढुवानी लगायतका क्षेत्रमा मजदुरी गर्नेहरुमा कोरोनाले चर्को मार पारेको छ । स्थानिय तहले एक चरणको राहत बितरण गरिसक्यो । तर पनि केहि यस्ता मजदुरहरु छन् । जो स्थानिय सरकारको आखाबाट ओझेल परेका छन् ।

बिभिन्न कारणले राहत पाउन बाट बन्चित मजदुरहरुलाई नेपाल ट्रेड युनियन महासंघ जिफन्ट उपाध्यक्ष तथा गण्डकी प्रदेश सभासदस्य मिना गुरुङले आफ्नै तर्फबाट धेरैलाई राहत बाँडीन् । उनले बिभिन्न मितिमा पाखरा महानगपालिका वडा नं ४,५,९,१० र ११ मा गरी आफ्नै र साथीहरुको सहयोगमा १ सय ५० जनालाई राहत प्याकेज बितरण गरेकी छिन् । मजदुरकी नेता समेत रहेकी मिनाले महानगरपालिकाबाट राहत पाउन बंचित भएकाहरु मजदुरहरुलाई राहत बितरण गरिन् । ‘अहिले पोखरा महानगरपालिकाले राहतको नाममा चामल दाल होईन पकाएको खानेकुरा बाड्छ । तर परिवार भएकाहरुले अफ्ठेरो महसुस गरेका छन् उनिहरुबाट राहत पाईन भन्ने गुनासो आउने गर्दछ । नगरपालिका कति भन्ने, आफैले सकेको गर्न लागेकी छु ।’ मिनाले भनिन् । उनले साथीहरुबाट यहा पाएका छैनन् दिनु प¥यो भन्ने कुरा आउने बित्तिकै सकेको सहयोग गरेको बताईन् । उनले भनिन् ‘कोरोनाको बहाना बनाएर मजदुहरुलाई हटाउन पाईदैन मजदुरहरु कै परिश्रमले उद्योगलाई मुनाफा हुन्छ ।

उद्योग मुनाफा हुदा त्यहा मजदुरको हिस्सा हुदैन घाटामा गयो भने मजदुरलाई हटाउने काम हुन्छ । यो महामारीको बेला पनि आफ्ना श्रमिक पाल्न नसक्ने कस्ता उद्योग हुन् यो अमानबियताको पराकाष्ट हो ।’ सांसद गुरुङले मजदुर सरकारले राजपत्रमा प्रकाशित गरेर दिनु भनेको पारिश्रमिक नदिने भन्ने कुरा आफुले सुनेको र यदि मजदुरलाई ठग्ने काम भएमा परिणाम गम्भिर हुने चेतावनी दिइन् ।

सम्बन्धित खवर