चैत्र महिनाको उत्कृष्ट प्रहरीमा पथरीका डिएसपी गिरी

चैत्र महिनाको उत्कृष्ट प्रहरीमा पथरीका डिएसपी गिरी

पथरी, चैत्र महिनाको उत्कृष्ट प्रहरी (police of the month) इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिलिप कुमार गिरी भएका छन् । जिल्ला प्रहरी कार्यालयले गिरीलाई उत्कृष्ट प्रहरी भएको घोषणा गरेको हो ।

गिरीले आफ्नो पेशागत मर्यादामा रहेर उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उत्कृष्ट प्रहरी घोषणा गरेको उल्लेख गरिएको छ । विभागीय मुल्य मान्यता, आदेश, निर्देशनको पालना गर्दै, व्यावसायिक, कर्तव्य निष्ठ रहेर उच्च मनोबलका साथ काम गरेको उल्लेख गरेको छ । गिरीले आफ्नो इलाकामा कोरोना भाइरस रोकथाम, प्रहरीको साथि म, लकडाउन कार्यान्वयन लगाएतका विषयमा उत्कृष्ट कार्य सम्पादन गर्दै आएका छन् ।

सम्बन्धित खवर