बाढी प्रभाव : सिन्धुलीमा निर्माणाधिन पुल भत्कियो

बाढी प्रभाव : सिन्धुलीमा निर्माणाधिन पुल भत्कियो

सिन्धुली,२२ बैशाख – एक साताभन्दा बढी समयदेखि लगातार परेको पानीले सिन्धुलीको दुधौलीको नगरपालिका ८ कुम्राहा खोलामा निर्माणाधिन पुलमा क्षती पुर्‍याएको छ ।

लगातार परेको पानीका कारण गएराती खोलामा आएको बाढीले डाँडाटोल–वसाहा जोड्ने ढलानको तयारीमा रहेको पुलको फर्मा ढालेर क्षती गरेको स्थानीय बासिन्दाले जनाएका छन् ।

स्थानीय बासिन्दा रबिन्द्र भट्टराईका अनुसार नगरपालिकाकै आन्तरिक श्रोत एक करोड रुपैयाको लागतमा उक्त पुल निर्माणाधिन अवस्थामा रहेको छ । लकडाउनका बीच बैशाख मसान्तसम्म ढलान सक्ने तयारी रहेको र बाढीले क्षती हुँदा निर्माण अवरोध भएको उहाँले बताउनुभयो ।

कमला नदीमा निर्माणाधिन पुलको सामाग्री समेत बाढीले बगाएको स्थानीयको भनाई छ ।

सम्बन्धित खवर