उदयपुर : अखिल नेपाल राष्ट्रिउ स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) उदयपुरले विराटनगरको नोबेल मेडिकल कलेजको कार्यशैली प्रति आपत्ति जनाएको छ । उदयपुर घर भएका बिरामीलाई उपचार नै नगरी अप्रेशन थिएटरबाटै निकालेपछि अस्पतालको कार्यविरूद्ध सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट बिद्यार्थी संगठन अनेरास्ववियू उदयपुरले आपत्ति जनाएको हो ।
आइतबार एक प्रेस विज्ञप्ती निकाल्दै अनेरास्ववियूले सरकारसँग नोबेल अस्पताललाई कारवाही गर्न आवह्न गरेको छ । ‘कोभिड १९ ले विश्व आक्रान्त बनेको बेला उदयपुर घर भएकै कारण अप्रेशन थिएटर निकालिनुले अत्यन्तै दुखित, क्रुद्ध र आक्रोशित बनाएको छ,’ प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘जस्तोसुकै संकटका बेला पनि नागरिकको स्वास्थ्य सेवा नैसर्गिक अधिकार भएकाले नोबेलले गरेको व्यवहारले उदयपुरबासीविरुद्ध घृणा फैलाएको र यो घटनाको छानवीन गरी सो अस्पताललाई कडाभन्दा कडा कार्वाहीको लागी सरकार सँग माग गर्दछौं।’
“मुलुकनै कोरोना कहर विरुद्ध एकजुट भएर लडिरहेको यो समयमा नोबेल मेडिकल कलेजको यो अमानवीय गैरजिम्मेवार कदमबारे जिम्मेवार सरकारी निकाय आजसम्म मौन रहेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।”
विज्ञप्तीमा भनिएको छ, “यस विषयमा सरकारले तत्काल छानबिन गरेर नोबेल मेडिकल कलेजको लाईसन्स तत्काल रद्द गरि कडाभन्दा कडा कारवाही गर्न हामी जोडदार रुपमा माग गर्दछौ। साथै भबिष्यमा यस्ता कार्य हुन नदिने, संकटको समयमा पनि नाफा आर्जन गर्ने उद्देश्य बोकेको दलाल माफिया तन्त्र को पक्ष पोषण गर्ने निजिकरणको अन्त्य गरि जनताप्रती उत्तरदायी बन्न हामी सरकार समक्ष जोडदार रुपमा माग गर्दछौं।”
प्रसूतिका लागि भर्ना भएकी उदयपुर गाईघाट(११ की सरस्वती रौनियार र हात भाँचिएका सोही नगरपालिकाका अर्का बिरामी भिमबहादुर खत्री, आँखाको ज्योति गुमाएकी बेलका नगरपालिका– ५ की फुटबलर १६ वर्षीय समीक्षा मगरलाई नोबेल मेडिकल कलेजले उपचारै नगरी अप्रेशन थिएटरबाटै निकाएको थियो।
अप्रेशन थिएरटमा लगेका बिरामीको ठेगाना उदयपुर देखेपछि चिकित्सकले अप्रेशन गर्न नमानेर कोशी अस्पताल पठाएका थिए।
विज्ञप्तीमा अनेरास्विवयू उदयपुरका संयोजक बिमल कार्की र सह–संयोजक सरोज अिधकारीले हस्ताक्षर गरेको छन्।