स्याङ्जामा झण्डै २ करोड बराबरको राहत वितरण (विवरण सहित)

स्याङ्जामा झण्डै २ करोड बराबरको राहत वितरण (विवरण सहित)

स्याङ्जा : कुल २ लाख ८९ हजार १ सय ४८ जनसंख्या रहको स्याङ्जामा अत्ति बिपन्न घर धुरी संख्या ११ हजार ८ सय ५ लाई राहत वितरण गरीएकोे छ ।

स्याङ्जा हरेक क्षेत्रमा अब्बल मानिए पनि लकडाउनको पहिलो हप्तादेखि नै स्याङ्जामा राहात बाड्न सुरु गरियो । अति बिपन्न गरीबलाई राहत बाडदा स्याङ्जाका ११ वटा स्थानिय तहले करिब १ करोड ६७ लाख ९६ हजार १ सय ५२ रुपैयाँ बराबारको रकम खर्च गरेको पाइएको छ ।

यो रकम स्याङ्जाका स्थानिय तहले आफ्नै बजेटबाट मात्र खर्च गरेका छैनन । उनीहरुलाई विभिन्न नागरिकले राहत कोषमा सहयोग गरेका छन् भने प्रदेश सरकारले नगरपालिकालाई १० लाख र गाउँपालिकालाई ५ लाख प्रदान गरेका छन् । तर उनीहरु आफैले मात्र बाँडेको जस्तो प्रचार गरिरहका छन् । स्याङ्जा हरेक क्षेत्रमा अब्बल मानिए पनि स्याङ्जाले संकटको बेला आफ्नै उत्पादनबाट जिल्ला धान्न सकेन ।

स्मार्ट सिटिको रुपमा परिचित स्याङ्जाको वालिङ नगरपालिकाले सबै भन्दा धेरै घर धुरीलाई राहत वितरण गरेको छ । नगरले २ हजार ९ सय ६५ घरधुरीलाई ३१ लाख ३५ हजार ३सय ४५ रुपैयाँ बराबरको राहत वितरण गरेका छ ।

 

त्यसै गरी द्रोस्रोमा भीरकोट नगरपालिका परेको छ । भीरकोट नगरपालकाले १ हजार ५ सय घर परिवारलाई २६ बराबरको राहत बाडेको छ । पुतलीबजार नगरपालकाले २ हजार २ परिवारलाई २१ लाख ८७ हजार ८ सय २९ रुपैयाँको रातह बितरण गरेको छ ।
यसै गरी गल्याङ नगरपालिकाले १४ सय ८० घर परिवारलाई १७ लाख रुपैयाँको राहत वितरण गरेको छ । नगरपालिका मध्ये सबै भन्दा थारै घरधुरी र रकममा राहत वितरण गरेको नगरपालिका चापाकोट नगरपालिका हो । चापाकोट नगरपालकाले १ हजार ५४ घरपरिवारलाई १३ लाख १३ हजार बराबरको राहत वितरण गरेको छ ।

 

६ वटा गाउँपालिका मध्ये स्याङ्जामा सबै भन्दा धेरै घरधुरी र धेरै रकमको राहत वितरण गर्ने पालिकामा आधिखोला गाउँपालिका रहेको छ । ६ सय ३० घरपरिवारलाई १८ लाखको राहत वितरण गरेको छ । त्यसै गरी फेदीखोला गाउँपालिकाले ३ सय ७३ घर धुरीलाई १० लाख ९ सय ७८ रुपैयाँको राहत वितरण गरेको छ भने अर्जुनचौपारी गाउँपालिकाले ४ सय ५१ घर परिवारलाई ९ लाख ८० हजारको राहत बाडेको छ ।

यता हरिनास गाउँपालिकाले ४ सय ८५ घर परिवारलाई ९ लाख बराबरको राहत बाड्दा कालीगण्डकी गाउँपालिकाले ४ सय ७३ घरधुरीलाई
७ लाख २९ हजार रकमको रहात वितरण गरेको छ ।

यसमा घरधुरी संख्या एउटै जस्तो रहे पनि खर्च रकममा भने ठुलो भिन्नता छ । राहत वितरणमा सबैभन्दा कम खर्चमा गर्ने स्थानिय तह मध्य विरुवा गाउँपालिका गरेको छ । यो गाउँपालिकाले ३ सय ९२ घरधुरीलाई ४ लाख ५० हजार रुपैयाँको राहत वितरण गरेको छ ।

यसरी हेर्दा स्याङ्जाम सबैभन्दा धेरै गरीब परिवार संख्या रहेको पालिका वालिङ नगरपालिका र सबै भन्दा थोरै गरीब रहेको पालिका फेदिखोला देखिएको छ । त्यसैगरी सबैभन्दा धेरै खर्च हुने पालिका वालिङ नै रहेको छ भने सबै भन्दा थोरै खर्चमा रहात वितरण गर्ने पालिका विरुवा रहेको छ ।

स्याङ्जाका हरेक स्थानिय तहको यो डाटा हेर्दा उनीहरुले बाडेको दाल, चिनी, चामल, नुन, तेल, साबुन र सब्जीमा बाडेको छ । स्याङ्जा मात्र नभएर राहत वितरण गर्दा वास्तविक गरीबको मात्र पहिचान गरेर राहत वितरण गरेको भने देशमा कही पनि भेटिएको छैन ।

सम्बन्धित खवर