नेविसंघ सप्तगण्डकी क्याम्पसद्वारा आदर्श गृहलाई खाध्यान्न सहयोग

नेविसंघ सप्तगण्डकी क्याम्पसद्वारा आदर्श गृहलाई खाध्यान्न सहयोग

 

चितवनः नेपाल बिद्यार्थी संघ सप्तगण्डकी बहुमुखि क्याम्पसद्धारा भरतपुर महानगरपालिका वडा नम्बर ४ मा रहेको आदर्श गृहलाई खाध्यन्न सामाग्री हस्तान्तरण गरेको छ । नेबिसंघका बिद्यार्थीनेताहरु सामुहीक रुपमा तेल, दाल, साबुन, सरफ, नुन, चामल लगाएतका सामान आदर्श गृहकी मिना खरेललाई हस्तान्तरण गर्नु भएको थियो ।

नेपाल बिद्यार्थी संघको ५१ औं स्थापना दिवसको अबसरमा ईकाईले आदर्श गृहमा रहेका असाहयहरुलाई खाध्यन्न सहयोग गरेको संघका ईकाई सचिब साजन गुरुङ्ले जानकारी दिनुभयो ।

कार्यक्रममा नेबिसंघ नेताहरु परमेश्वर खनाल, कल्पना पौडेल, सरोज रेग्मी, कृष्ण वगाले , काँग्रेस चितवनका नेता करुणाकान्त पोख्रेल, रेशमलाल कंडेल, नेपाल तरुणदलका जिल्ला अध्यक्ष राजन ताम्राकार लगाएतले बोल्नु भएको थियो ।

सो अबसरमा बोल्ने बक्ताहरुले हरेक शंकटको घडिमा नेबिसंघ शंकट समाधान गर्न अघि सर्ने गरेको बताएका थिए । संघका ईकाई सभापति राजेश भूषालको अध्यक्षमा भएको कार्यक्रममा अहिले विश्वनै संकटमा परेको समयमा नेपालमा पनि संकट हुनु स्वभाबिक रहेको भन्दै सबैले आ आफ्नो ठाउँबाट सक्दो सहयोग गरेर कोरोना संक्रमणबाट बच्न मद्धत गर्नु पर्ने उनीहरुको भनाई थियो ।

सम्बन्धित खवर