डाँडाहरुमा रमाउँदै रोनाल्डो

डाँडाहरुमा रमाउँदै रोनाल्डो

युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो यतिबेला पोर्चुगलमा रहेका छन । इटलीमा कोरोनाका कारण फुटबल गतिविधी बन्द भएपछि उनी पोर्चुगल पुगेका हुन ।

फेरी इट्ली फर्कनु भन्दा अगाडी उनी यतिबेला मदेइराको रमणीय स्थानमा घुमिरहेका छन । छोरा क्रिस्टियानो जुनियरसँग उनी मदेइराका डाँडाहरुमा घुमिरहेका छन ।

पछिल्लो पटक उनले आफ्नो इन्टाग्राम पोष्टमा मदेइराको डाँडामा उक्लिरहेको फोटो राखेका छन । उनी छोरासँगै प्रेमीमा जोर्जिना रोद्रिगुइजसँग घुमफिरमा ब्यस्त रहेका छन ।

सिरी ए सुचारु हुने संभावना रहेकाले उनी यहि साता इटली फर्कने बताइएको छ । उनी इटलीमा पुगेर १४ दिन क्वारेन्टाइनमा बस्ने बताएका छन । उनी लकडाउनका बेला पनि आफुलाई फिट रहनका लागि प्रशिक्षण तथा घरमै ब्यायाम गरेका थिए ।

सम्बन्धित खवर