सिन्धुलीमा पहिलो पटक आइसीयू निर्माण

सिन्धुलीमा पहिलो पटक आइसीयू निर्माण

सिन्धुली,२१ बैशाख – सिन्धुली जिल्लामा पहिलो पटक सघन उपचार कक्ष (आइसीयू) निर्माण गरिन लागिएको छ ।
सदरमुकाम सिन्धुलीमाढीस्थित सिन्धुली अस्पतालमा तीन वटा सघन उपचार कक्ष निर्माणको प्रकृया सुरु भएको अस्पताल विकास समितिले जनाएको छ । समितिका अनुसार संघिय सरकारको सहयोगमा दुइ वटा भेन्टिलेटर सहितको तीन वटा सघन उपचार कक्ष बन्न लागेको हो । अस्पतालमा स्वास्थ्य उपकरणसहितको १४ वटा आइसोलेसन कक्षसहित ५० वेड रहेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रल्हालकुमार पोख्रेलका अनुसार आइसीयू वार्ड स्थापनाका लागि आवश्यक औजार उपकरण आपूर्तीका लागि शुक्रबार एक करोड रुपैया लागतको बोलपत्र आह्वान गरिएको छ ।

“सिन्धुली अस्पतालमा आईसीयू कक्ष निर्माणको प्रकृया बोलपत्र आह्वानसँगै सुरु भई सक्यो,” उहाँले भन्नुभयो, “कोरोना भा’इरस सं ’क्रमण रोकथाम तथा व्यवस्थापनकै सिलसिलामा आइसीयू कक्ष निर्माणमा पनि जुटेका छौं ।” उहाँले आपूर्तिकर्ताले जतिसक्दो चाँडै सामान ल्याउछ, त्यत्ति नै चाँडै आईसीयू कक्ष निर्माण हुने बताउनुभयो ।s

जिल्लामा सघन उपचार कक्षको अभावमा बिरामीहरु भरपर्दो उपचार खोज्दै राजधानी काठमाडौँ र अन्य सुविधा सम्पन्न सहर धाई रहेको बेला जिल्लामै आईसीयू कक्ष निर्माणको खबरले जिल्लाबासी उत्साहित भएका छन् ।

सम्बन्धित खवर