शरीरमा कमजोरी महशुस भयो ? यी १० खानेकुरा खानुस्

शरीरमा कमजोरी महशुस भयो ? यी १० खानेकुरा खानुस्

जीवनमा जसरी उतार चढाव आईरहन्छ, त्यसरी नै स्वास्थ्यमा पनि कहिले काँही उतार चढाव आईरहन्छ । अर्थात स्वास्थ्यमा कहिले काँही समस्याहरु आईरहन्छन् । बिसञ्चो महशुस हुँदा आफुलाई कमजोरी पनि महशुस हुन्छ । त्यस्तो बेलामा केही खानेकुराहरुले तपाईलाई उर्जा प्रदान गर्न सक्छ । ती खानेकुराहरु बारे यहाँ उल्लेख गरेका छौँ ।

 

१‍। दैनिक पालकको सागको एक गिलास जुस पिउँदा शरीरलाई ऊर्जा मिल्छ ।

२‍। एक गिलास दूधमा एक चम्चा मह र थोरै बेसार मिलाएर नियमित खाँदा कमजोरी हट्छ ।

३‍। बिहान र साँझ दैनिक दुई कोसा केरा दूधमा मिसाएर खाँदा कमजोरी हराउँछ ।

४‍। अनारको गेडा सुकाएर पिसेको धुलो बिहान र बेलुका एक–एक चम्चा नियमित खाँदा शरीरले शक्ति प्राप्त गर्छ ।

५‍। चार–पाँच वटा छोकडा, दुई–तीन वटा काजु, दुई वटा बदाम मिसाएर एक गिलास दूध उमाल्ने र त्यसमा एक चम्चा मिश्री मिसाएर नियमित पिउँदा कमजोरी हुँदैन ।

६‍। अमलाको धुलोलाई मिश्रीको धुलोसँग मिसाएर दैनिक सुत्नुभन्दाअघि एक चम्चा पाउडर खाने ।

७‍। एक गिलास दूधमा एक चिया चम्चाको चार भागको एक भाग दालचिनीको धुलो र एक चम्चा मह मिसाएर खाँदा शरीरमा स्फुर्ती आउँछ ।

८‍। साँझ पाँच चम्चा चनाको दाल एक गिलास काँचो दूधमा भिजाउने र बिहान मिश्री र किसमिस मिसाएर दैनिक पिउँदा शरीरको कमजोरी हराउँछ ।

९‍। दुई चम्चा मेथी पाँच घण्टासम्म पानीमा भिजाउने । भिजेको पानीलाई उमालेर दुई चम्चा मह मिसाएर नियमित खाँदा फाइदा पुग्छ ।

१०‍। खाना खाएपछि दैनिक एक कप अंगुरको ताजा जुस खानाले शरीर फुर्तिलो बन्छ ।

सम्बन्धित खवर