नेकपाको बैठक सुरु, प्रचण्डको बसाईमा परिवर्तन

नेकपाको बैठक सुरु, प्रचण्डको बसाईमा परिवर्तन

काठमाडौं :  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ।

पार्टी भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ शनिबार सचिवालय बैठक सुरु भएको हो। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि अन्य सचिवालयसँगै राखिएको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुर्सी शनिबारको सचिवालय बैठकमा भने फेरि ओलीसँगै राखिएको छ।

शनिबारको बैठक पार्टीका आन्तरिक अप्ठ्यारालाई किनारा लगाउन निर्णायक हुने अनुमान गरिएको छ।  बैठकमा सचिवालयका सबै सदस्य उपस्थित छन्। बैठकअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’सँग भेटवार्ता गरेका थिए।

नेतासँगको भेटपछि बैठक अघि प्रधानमन्त्री ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए।

सम्बन्धित खवर