पाेखराकाे एक फर्निचर उद्योगमा आगलागी ,आगलागीबाट करीब ७० देखि ८० लाखको फर्निचर नष्ट

पाेखराकाे एक फर्निचर उद्योगमा आगलागी ,आगलागीबाट करीब ७० देखि ८० लाखको फर्निचर नष्ट

पोखरा : पोखरा नागढुंगा स्थित एक फर्निचर उद्योगमा शनिबार  भीषण आगलागी भएको छ । आगलागीबाट फर्निचरका धेरैजसो सामग्री  जलेर नष्ट भएका छन्  ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत स्थानीयको सहयोगमा दमकल र पानी ट्यांकरको सहायताबाट  आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको छ  ।

नागढुंगामा डेढ वर्षअघि  दुर्गा प्रसाद भट्टराई र बिकास क्षेत्रीले संचालनमा ल्याएको विशेष फर्निचर उद्योगमा विहान ११:४५ बजे  आगलागी भएको हो । आगलागीका कारण ७० देखि ८० लाखको फर्निचरका  सामग्री र ३० लाख माथिको संरचना नष्ट भएको संचालक मध्येका एक  दुर्गा प्रसाद भट्टराईले  बताए ।

लकडाउनको समय भएकाले फर्निचरमा कामदार कोहि नभएकोले  बिद्दुत सर्टका कारण आगलागी भएको हुन् सक्ने भट्टराईले जनाए  ।

आगलागीबाट फर्निचरका सबैजसो सामग्री जलेको र जस्तापातामा आगो सल्किरहेकाले आगो अन्यन्त्र फैलिन नदिनको लागि नियन्त्रणको  प्रयास भइरहेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख  डीएसपी यादव ढकालले जनाए ।

सम्बन्धित खवर