‘म अझै रियालमै रहन चाहन्छु’ : मार्सेलो

‘म अझै रियालमै रहन चाहन्छु’ : मार्सेलो

 

रियाल मड्रिडका फुल ब्याक मार्सेलोले युभेन्टसबाट प्रस्ताब आउनाका बावजुद ला लिगाको महारथी छोड्न नचाहेको बताएका छन्।

२००७ मा फ्लुमिनेसीबाट सान्टियागो बेर्नाबेउ आएयता रियालमा सफल करियरको मज्जा लिइरहेका ब्राजिली रक्षक आउँदो सिजनका लागि अन्यत्रै लाग्ने चर्चा व्यापक थियो। तर उनले भने आफू सान्टियागो बेर्नाबेउमै खुसी रहेको र अन्यत्र जाने इच्छा नभएको प्रष्ट पारे।

‘म रियाल मड्रिड छोड्न चाहन्न। यहाँ आएदेखि नै म निक्कै खुसी छु। रियालको टिम मलाई परिवारभन्दा प्यारो लाग्न थालिसकेको छ। युभेन्टसले मलाई भित्रयाउन चाहेको कुरा मलाई थाहा छैन, यदी हो भने पनि म चाँही रियालमै रहन चाहन्छु,’ मार्सेलोले भने, ‘रियाल मड्रिड मेरो घरजस्तै बनिसकेको छ। दुई वर्षअघि पनि म युभेन्टस जाँदैछु भन्ने चर्चा सुनेको थिएँ, त्यो बेला पनि म आफैलाई चाँही थाहा थिएन।’

रियालका पूर्व टिम सहयात्री क्रिस्टियानो रोनाल्डो २०१८ मा युभेन्टस सरुवा भएदेखि नै मार्सेलो पनि टुरिन जाने चर्चा थियो।

सम्बन्धित खवर