वडाको अनुमतिमा डिपार्टमेन्ट स्टोर्सले भत्कायो सडक डिभाइडर

वडाको अनुमतिमा  डिपार्टमेन्ट स्टोर्सले भत्कायो सडक डिभाइडर

 

पोखरा : पोखरा ६ को जरेबर र नारेश्वर बीचको सडकको डिभाइडर अचानक भत्काइएको छ ।

सुलभ बचत तथा ऋण सहकारीले चलाएको सुलभ डिपार्टमेन्ट स्टोर्सले आफ्नो अगाडिको डिभाइडर भत्काएको हो । बिहीबार रातिबाट सुरु गरी शुक्रबार बिहानसम्म करिब ३० फिटको डिभाइडर भत्काइएको छ ।

स्थानीयको विरोधपछि भत्काउने क्रम भने रोकिएको छ । पोखरा ६ का अध्यक्ष जगत पहारीले वडाले भत्काउन मौखिक अनुमति दिएको स्वीकारे । उनले विरोध आएपछि भत्काउन बन्द गरिएको र फेरि बनाइने प्रतिवद्धता गरे ।

जिरोकिमीदेखि हल्लनचोकको सडकबीचमा दुबो, फूलहरु रोपेर सौन्दर्यकरण र सुरक्षाका लागि डिभाइडर बनाइएको थियो । डिभाइडर करिब १ महिनाअघि प्लास्टर गरिएको थियो ।

सम्बन्धित खवर