ताप्लेजुङमा भिषण आगलागी, अझै नियन्त्रणमा आएन

ताप्लेजुङमा भिषण आगलागी, अझै नियन्त्रणमा आएन

ताप्लेजुङमा भिषण आगलागी भइरहेको छ । ताप्लेजुङको मुख्य बजार फुङ्लिङ ५ ट्याक्सी स्टेन देखि तल्लोपटि भिषण आगलागी भइरहेको हो ।

मध्यरात हुनै लाग्दा करिब राति १०ः३० बजेतिर सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । भण्डारी खाजा घरबाट सुरु भएको आगोले हाल सम्म करिब ५ वटा घरहरु जलेर नष्ट भइसकेको त्यहाँका स्थानीयले बताएका छन् । हाल खेम केसीको माथिल्लो तलामा आगो लागिरहेको छ । सुर्य स्टेश्नरी, विनिता कफि सप लगाएतका पसल जलिसकेका छन् । फुङ्लिङको पेन्टागन भनेर चिनिने घर पनि आगोले भेट्न सक्ने देखिएको छ ।

१ घण्टा अगाडीबाटद सुरु भएको आगलागी अझै नियन्त्रणमा आउने छाँटमा देखिएको छैन् । फुङ्लिङ नगरको एकमात्र दमकल रहेकाले गर्दा पनि आगो नियन्त्रण गर्न कठिन भइरहेको स्थानीयले बताएका छन् । आगलागीबाट कति क्षति हुन्छ भन्ने अहिले यकिन गर्न सक्ने अवस्था छैन् ।

सम्बन्धित खवर