चट्याङ्ग लागेर एक युवकको मृत्यु

चट्याङ्ग लागेर एक युवकको मृत्यु

 

सिन्धुली, १९ बैशाख –सिन्धुली जिल्लाको हरिहरपुरगढी गाँउपालिका वडा नं. २ मा चट्याङ्ग लागेर एक युवकको मृत्यु भएको छ ।

हरिहरपुरगढि गाँउपालिका वडा नं २ श्रीपुर बस्ने रामजी राईको छोरा अन्दाजी ३० बर्षको पुरुषोतम राईको आफ्नै पानी घट्टामा बुवालाई खाना पुर्‍याई फर्केने क्रममा आज दिउसो ११ः३० बजे पानी सँगै परेको चट्याङ्गको तरंग लागि घाईते भई उपचारको लागि स्थानिय पोलिक्लिनिकमा झनझने लगेकोमा डाक्टरले आज दिउसो १२ः१५ मा मृत्यु घोषणा गरेको प्रहरी चौकी झनझने सिन्धुलीले जनाएको छ ।

लास सोहि पोलिक्लिनिकमा रहेको र पोष्माटम गरी संस्कार अनुसार अन्त्येष्टि गरिने प्रहरीको भनाई छ ।

सम्बन्धित खवर