निर्माण कार्य सम्पन्न भएका योजनाको अनुगमन

निर्माण कार्य सम्पन्न भएका योजनाको अनुगमन

सिन्धुली,१९ बैशाख– कमलामाई नगरपालिका सिन्धुलीले निर्माण कार्य सम्पन्न भएका योजनाको अनुगमन सुरु गरेको छ ।

नगरपालिकाको अनुगमन समितिले बुधबारदेखि योजनाको अनुगमन सुरु गरेको जनाएको छ । प्राविधिक टोली सहित योजनाको अनुगमन थालेको उपमेयर मञ्जु देबकोटाले बताउनु भयो ।

नगरपालिकाको वडा नं. ९, १३ र १४ मा निर्माण सम्पन्न भएका योजनाहरुको अनुगमन गरेको उहाँको भनाई छ । उहाँका अनुसार बुधबार ४, ५, र ६ नम्बर वडाको अनुगमन गरिएको थियो । बाटो, खानेपानी, सामुदायिक भवन, लगाएतका योजनाहरुको अनुगमन गरिएको हो ।

अनुगमन गरिएका योजनाको फरफारकको काम अगाडि बढाइने र अनुगमन गर्दा सुधार गर्नुपर्ने ठाउँहरुमा सच्याउन नगरले सुझाब समेत दिएको उहाँको भनाई छ ।

लकडाउनको समयमा सामाजिक दुरी कायम गरेर नगरले सम्पन्न भएको योजनाको अनुगमन गर्न थालेको हो ।

सम्बन्धित खवर