आज थप २ जनामा कोरोना पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुग्यो

आज थप २ जनामा कोरोना पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुग्यो

आज थप २ जनामा कोरोना भाइरसको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके र रुपन्देहीमा एक एक जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन् । रूपन्देहीका २५ वर्षीय युवक र नेपालगञ्जका ६० वर्षका पुरूषलाई कोरोनाको संक्रमण पुष्टि भएको हो। उनीहरू दुबैको अवस्था सामान्य छ। दुबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको हो ।

प्रदेश पाँचमा आज पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको हो। अहिलेसम्म कर्णाली प्रदेशमा भने कोरोनाका संक्रमित भेटिएका छैनन्। हालसम्म १६ जना निको भए घर फर्किएका छन् । विराटनगरमा ३१, वीरगञ्जमा ८, भरतपुरमा १ र धनगढीमा १ जनाको उपचार भइरहेको छ ।

सम्बन्धित खवर