टाँडीमा रहेको क्वारेनटाइन गोठगाँउमा सार्ने

टाँडीमा रहेको क्वारेनटाइन गोठगाँउमा सार्ने

बैशाख १९ : मोरङको टाँडीमा नेपाली सेनाद्बारा सञ्चालित क्वारेन्टाइन गोठगाउँमा सारिने भएको छ। हावाहुण्डरी र वर्षाको कारणले खुला ठाउँमा राखिएकोले टेण्टमा असर पर्ने भएकोले सार्न लागिएको हो।

गोठगाउँको विश्वविद्यालयलाई क्वारेन्टाइन बनाइने नेपाली सेनाका सेनानी प्रमुख रघुनाथ पौडेलले बताए। उनका अनुसार विश्वविद्यालयमा १ सय २५ बेडको क्वारेन्टाइन बनाउन लागिएको हो। दुई दिनभित्रमा गोठगाउँ सार्न लागेको पौडेलले जानकारी दिए।

‘छोटो समयसम्मको लागि टेन्ट निर्माण गरिएको थियो,’उनले भने,’लामो समयसम्म जान्छ भनेर सोचिएको थिएन। क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको लागि लक्षित गरेर नै गोठगाउँमा सार्न लागिएको हो।’

महेन्द्र राजमार्गको मुख्य सडकबाट नजिक पर्ने भएकोले पनि क्वारेन्टाइनमा जान सजिले हुने पौडेलले बताए। टाँडीमा २ सय बेडको क्वारेन्टाइन सञ्चालित छ। ४ महिलासहित १३ व्यक्ति क्वारेन्टाइना बसिरहेका छन्। तीन जिल्लामा क्वारेन्टाइन १ नम्बर प्रदेशले क्वारेन्टाइन बनाएको छ। उदयपुरको बेलस्रोत, झापाको चन्द्रगढी र मोरङको टाँडीमा छन्।

सम्बन्धित खवर