क्वारेनटाइनमा रहेका युवकले गरे आत्माहत्या

क्वारेनटाइनमा रहेका युवकले गरे आत्माहत्या

 

उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ७ राजाबास स्थित जनता क्याम्पसमा रहेको क्वारेन्टाईनमा एक किशोरले झुण्डिएर आत्माहत्या गरेको छन ।

आत्माहत्या गर्नेमा रौतामाई ७ गुराँसे बस्ने बर्ष १८ का सुमन बिक रहेको गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले जानकारी दिए ।

अध्यक्ष खड्काका अनुसार बैशाख ११ गतेबाट क्वारेन्टाईनमा बस्दै आएका बिकले बिहिबार राति झुण्डिएर आत्माहत्या गरेका थिए। प्रेम बिबाह गरेर काठमाडौ पुगेको बिक लकडाउनको समय फर्किएपछि उनलाई क्वारेन्टाईनमा राखिएको थियो ।

बिकले श्रीमति सुतिरहेको समय श्रीमतिकै सल पासो लगाएर झ्यालमा झुण्डिएर आत्माहत्या गरेको प्रहरीले जनाएको छ । बिक सहित अन्य ८ जनालाई जनता क्याम्पसको क्वारेन्टानइ राखिएको थियो । अहिले पोष्ठमार्टमको लागि उनको शब जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको छ । बिकको आत्माहत्याको कारण भन्ने खुल्न सकेको छैन ।

सम्बन्धित खवर