गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले गर्यो चार मन्त्रालयका सचिवसंग छलफल

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले गर्यो चार मन्त्रालयका सचिवसंग छलफल

 

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले आफ्नो समिति अन्तरगत पर्ने चार मन्त्रालयका सचिवहरुलाई बोलाएर छलफल गरेको छ ।

समिति अन्तरगत पर्ने आर्थिक मामिला तथा योजना मन्त्रालय ,भौतिक पूर्वाधार विकास मन्त्रालय,उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालय र भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयका सचिवहरुसंग लकडाउनले पारेको असर र अहिले भएका कामको बारेमा जानकारी लिएको हो ।

समितिका सभापति दीपक कोइरालाले नेपालको परिवेशमा बजेट मुख्य रुपमा कार्यान्वयन हुने अबस्थामा कोरोनाको कारण लकडाउन गर्न परेकोले मन्त्रालयगत रुपमा कस्तो असर परेको र के गर्न सकिन्छ भनेर आफ्नो समितिले सचिवहरुलाई छलफलको लागि बोलाएको बताउनु भयो ।

सभापति कोइरालाले लकडाउनमा गर्न सकिने काम पनि नगरेर लकडाउन बहाना बनाउन नहुने बताउदै गर्न मिल्ने र गर्न सकिने कामलाई निरन्तता दिन सचिवहरुलाई निर्देशन दिनुभयो ।

प्रि बजेट बारे छलफलगर्नुपर्ने बेलापनि भएकोले आगामी बजेट स्वास्थ्य र कृषिलाई प्राथामिकतामा राखेर ल्याउनपनि समितिले सुझाव दिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रामेश्वर दंगालले रिजल्ट आउने गरि काम गर्नुपर्ने बताउनु भएको छ । अहिले संघीय सरकारबाट आएको बजेट कार्यन्वयन गर्न फोकस गर्नुपर्ने र प्रदेशको अतिआवश्यक योजनाको कामलाई भने निरन्तरता दिइने बताउनु भयो ।

सम्बन्धित खवर