काठमाडौँ, रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा निधन भएको छ ।काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा गए राति उनको निधन भएको हो ।
उनका एक छोरा र दुई छोरी छन् । एक छोरा र एक छोरी अमेरिकामा र एक छोरी नेपालमा नै रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको राति नै अन्त्यष्टि गरिएको छ । सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन् ।
२०६३ सालमा उनका बारेमा ‘५६ वर्षपछि‘‘।’ नामक सांगीतिक वृत्तचित्र निर्माण गरिएको थियो । नेपाली राजनीतकी आदर्श ब्यक्तित्व तथा कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत रहेकी रानुदेवीले निरंकुशता बिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।