उदयपुर : उदयपुरको कोरोना संक्रमित क्षेत्र त्रियुगा नगरपालिका ३ भुल्केमा सरसफाईका सामाग्री र खाद्यन्न वितरण गरिएको छ ।
गैरसरकारी संस्था महासंघ केन्द्रिय कार्यालयको सहयोग र जिल्लाको समन्वयमा भुल्केका ५७ घरधुरीलाई सरसफाई सामाग्री वितरण गरेको गैरसरकारी संस्था महासंघकी केन्द्रीय सल्लाहकार सिर्जना दनुवारले जानकारी दिनुभयो ।
रोना संक्रमित क्षेत्र भुल्केमा सिल गरेपछि घरमै स्वास्थ्य सामाग्री उपलब्ध गराइएको सल्लाहकार दनुवारले बताउनुभयो । प्रत्येक घरमा बाल्टीन १ थान, सावुन ६ ओटा, सरफ १ केजी, माक्स १ दर्जन, बिस्कुट १ झोला, भुझा ३ केजी, सेनेटरी प्याड ३ प्याकेटको दरले सामाग्री वितरण गरिएको छ ।
कोरोना संक्रमित क्षेत्र भुल्केका मुस्लिम समुदायलाई सरसफाईमा सहयोग पुर्याउने उदेश्यले सामाग्री वितरण गरिएको गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य तथा १ नं प्रदेश इन्चार्ज महेश्वरी राइले बताउनुभयो ।
त्रियुगा नगरपालिका नगर मेयर बलदेव चौधरी, उपप्रमुख देवीकुमारी चौधरी र वडा नम्बर ३ का वडाध्यक्ष अबधेश चौधरीलाई संयुक्त रुपमा स्थानीय नागरिकहरु माझ स्वास्थ्य सहितको खाजा सामाग्री आज भुल्केमा हस्तान्त्रण गरिएको हो ।
भुल्केमा अहिले सम्म २८ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ । साथै यो क्षेत्रको जनजिवन निकैनै कठिन गन्दै गएको छ ।