प्रेस युनियन कास्कीद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण

प्रेस युनियन कास्कीद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण

पाेखरा : नेपाल प्रेस युनियन कास्कीले कार्यक्षेत्रमा क्रियाशील पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले स्वास्थ्य सामग्री अत्यावश्यक भएका १७ जना पत्रकारलाई मास्क, सेनिटाइजर र ग्लब्स वितरण गरेका हुन् ।

पत्रकारका साथमा युनियन सँगै रहेको प्रत्याभूति दिन ती सामग्री वितरण गरिएको सिग्देलले बताए । उनले ती सामग्री आवश्यक परे सम्पर्क गर्न अनुरोध गरेका छन् । अध्यक्ष सिग्देलले संकटका बेला संञ्चारकर्मी र संञ्चारगृहका लागि राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।

सम्बन्धित खवर