लकडाउनमा ५० क्युफिट अबैध सालको काठ बरामद

लकडाउनमा ५० क्युफिट अबैध सालको काठ बरामद

राजेन्द्र महतो, लहान

सिरहाको गोलवजार नगरपालिका ७ कदिमाटोलमा ५० क्युफिट अबैध सालको काठ बरामद भएको छ । लकडाउनको मौका छोपी हरियो साल रुख कटान गरी राखिएको अबैध काठ सिरहा वन कार्यालयले पक्राउ गरेको हो ।

बिशेष सुराकीको अधारमा डिभिजन वन कार्यालय सिरहा लहान तथा सव डिभिजन वन कार्यालय गोलवजारबाट खटिएको वन कर्मचारीहरुको टोलीले अबैध हरियो साल जातको काठ पकाउ गरेको हो ।

स्थानिय रामदेब महतोको आफ्नै घरको पछाडी माटोमा गाडी राखेको अबस्थामा करिब ५० क्यूफिट काठ पकाउ गरेको डिभिजन वन अधिकृत सूभाष चन्द्र दासले बताएका छन् । वन अधिकृत दासका अनुसार जग्गाधनी गोलवजार नगरपालिका ७ का राम देब महतो फरार रहेको र निजलाई खोजतलाश गरी वन ऐन अनुसार कारवाही गरिने बताएका छन् ।

सम्बन्धित खवर