मोरङ, रंगेली नगरपालिकाले विद्यालयसंग समन्वय नगरी बोलपत्र आव्हान गरेको भन्दै एक विद्यालय समितिले आपत्ती जनाएको छ । रंगेली नगरपालिका ८ स्थित रहेको महालक्ष्मी विद्यालय व्यवस्थापन समितिसंग नगरपालिकाले आवश्यक छलफल नगरी बोलपत्र आवहान गरेपछी रुष्ट हुदै प्रेश विज्ञाप्ती जारी गरी आपत्ती जनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर थापाले विज्ञप्ती जारी गर्दै आगामी दिनमा नगरपालिकालाई यस्तो कार्य नगर्नका लागि ध्यानआर्कषण गराएका छन् । अध्यक्ष थापाले विद्यालय व्यवस्थापन समितिलाई नगरपालिकाले समन्वय नगरी योजनाको टेण्डर निकाल्ने कार्यमा आफुहरुको आपत्ती रहेको बताउनुभयो । विद्यालयको पुर्वाधार विकासका लागि प्रदेश सांसद लिलाबल्लभ अधिकारीले सांसद विकास कोषबाट १५ लाख ७ हजार रुपैया उपलब्ध गराएका छन् । योजना सञ्चालन गर्नका लागि नगरपालिकाले वैशाख १४ गते बोलपत्र आव्हान गरेको विज्ञप्तीमा उल्लेख गर्दै बजेट उपलब्ध गराएकोमा सांसद अधिकारीलाई व्यवस्थापन समिति र शिक्षक परिवारले धन्यवाद समेत दिइएको छ ।