टाँडीको क्वारेन्टाइन ५ दिन भित्र गोठगाउँ सारिने

टाँडीको क्वारेन्टाइन ५ दिन भित्र गोठगाउँ सारिने

पथरी, मोरङको मिक्लाजुङ टाँडीमा रहेको क्वारेनटाइन ५ दिन भित्रमा गोठागाउँ सारिने भएको छ । प्रदेश सरकारले निर्माण गरेको सो क्वारेन्टाइन मोरङको सुन्दरहरैँचा स्थीत गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको भवनमा सार्न लागिएको हो ।

अस्थायी टेन्टबाट बनाइएको क्वारेन्टाइनमा हावाहुरी र वर्षाले असर गरेपछि पूर्वाञ्चल विश्व विद्यालयको भवनमा सार्न लागिएको नेपाली सेनाको सूर्यदल गण थलाहा मोरङका गणपति रघुनाथ पौडेलले जानकारी दिनुभयो ।

कोरोनाका संक्रमणको संकास्पद तथा विदेशबाट आएकाहरुलाई राख्नका चैत पहिलो साता प्रदेश सरकारले दुईसय जना क्षमताको क्वारेन्टाइन निर्माण गरेको थियो । सो क्वारेन्टाइनमा हाल १३ जना बसिरहेका छन् । ‘टाँडीमा छोटो समयका लागि निर्माण गरिएको थियो’ पौडेलेल भन्नुभयो ‘टेन्ट पनि अस्थायी छन् । क्वारेन्टाइन लम्बिने भएकाले स्थायी संरचनामा सार्न लागिएको हो ।’

क्वारेन्टाइन सार्नका लागि विश्वविद्यालयको भवनको सरसफाइको काम सुरु भइसकेकाले अब ५ दिन भित्रमा क्वारेन्टाइन सारि सक्ने योजना रहेको पौडेलले बताउनुभयो ।

सम्बन्धित खवर