रतुवामाईले अलपत्र परेकालाई उद्धार गर्यो

रतुवामाईले अलपत्र परेकालाई उद्धार गर्यो

प्रबेश बिष्ट, रतुवामाई

मोरङको रतुवामाई नगरपालिकाले लकडाउनका कारण काठमाडौँमा अलपत्र परेका एक सय ९४ जनाको उद्धार गरी ल्याएको छ ।

काठमाडौँबाट गाउँ फर्कन चाहनेहरुलाई मंगलबार पाँचवटा बसको व्यवस्था गरी उद्धार गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख रविन राईले मंगलबार काठमाण्डौबाट पाँच बसमार्फत अलपत्र नागरिकको उद्धार गरी ल्याएको जानकारी दिनुभयो ।

लकडाउनका कारण राजधानी काठमाडासँगै बनेपा, भक्तपुरमा अलपत्र परेका नगरबासीलाई मङ्गलबार उद्धार गरिएको मेयर राईले बताउनुभयो ।

नगरपालिकाको समन्वयमा नगरबासीको उद्धार गरिएको हो । लकडाउन थपिदै जाँदा घर जाने यात्रुहरुको संख्या बढ्दै गएपछि नगरपालिकाले उद्धार गरेको हो ।

काठमाण्डौँबाट ल्याइएका नगरबासीहरुलाई रतुवामाई ८ मा रहेको सरस्वती माध्यमिक विद्यालयको क्वारेनटाईनमा राखी स्वास्थ्य परिक्षण गरेर मात्र घर पठाइएको प्रमुख राईले जानकारी दिनुभयो । उद्धार गरिएका सबैलाई अभिभावकको सम्पर्क गराई होम क्वारेनटाइनमा बस्नसमेत नगरपालिकाले अनुरोध गरेको मेयर राईको भनाई छ ।

विभिन्न संघसंस्थाहरुले बीच बाटोमा खाना खुवाएर हाम्रा लागि भगवान बनेर आए, एक व्यक्तिले भने, “ काठमाण्डौँमा भोकमरी र कोरोनाको त्रास उत्तिकै थिया,े जसो तसो गाँउघरसम्म आइपुगियो अब त भोकमरीको चिन्ता नै हरायो । ”

नगरपालिकाले उद्धार गरिएका नागरिकहरुलाई स्वास्थ्य परिक्षणपश्चात खाजा खुवाएर अभिभावकको जिम्मा लागाएको थियो ।

सम्बन्धित खवर