वेगनासतालको बाँध निर्माणमा सांसद दीपक कोइरालाको चासो

वेगनासतालको बाँध निर्माणमा सांसद दीपक कोइरालाको चासो

संजय आचार्य, पोखरा

कास्की क्षेत्र नं १ का प्रदेश सांसद दीपक कोइरालाले अनुगमनलाई निरन्तरता दिनुभएको छ ।

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति समेत रहनुभएका कोइरालाले आफ्नै निर्वाचन क्षेत्र बेगनास ताल बाँधमा भइरहेको कामको अनुगमन गर्नुभएको हो । कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने देशकै महत्वपुर्ण ताल मध्यको वेगनास ताल पनि रहेकोले बाँध निर्माणले तालको शुन्दरतामा पनि सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । विश्वभर फैलिएको कोभिड १९ (कोरोना भाइरस)को कारण निर्माण सामाग्री र मजदुर ल्याउन समस्या भए आफुले सहयोग गर्ने निर्माण कम्पनीलाई बिश्वास दिलाउनु भयो । अब विकासको काम गर्देजानुपर्ने भएकोले बेरोजगार भएका मजदुरहरुलाई काम गर्ने बातावरण बनाउने तर्फ सवैलाग्नु पर्नेमा जोड दिनुभयो । सुरक्षा विधि अपनाएर श्रमिकहरुलाई काममा लगाउन निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।

सांसद कोइरालासंगै अनुगमनमा पुग्नुभएका जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यले बाँध निर्माण २ करोडको लागतमा हुन लागेको बताउनु भयो ।

सम्बन्धित खवर