पुर्व स्वास्थ राज्यमन्त्री अपहरण विरुद्व प्रहरीले मुद्दा दर्ता नगरेपछि सिरहामा मशाल जुलुस प्रदर्शन

पुर्व स्वास्थ राज्यमन्त्री अपहरण विरुद्व प्रहरीले मुद्दा दर्ता नगरेपछि सिरहामा मशाल जुलुस प्रदर्शन

राजेन्द्र महतो,लहान । सरकारले पुर्व स्वास्थ राज्यमन्त्री अपहरण हुँदा समेत मुद्दा दर्ता नगरेको भन्दै लकडाउनकै समयमा सिरहामा मशाल जुलुस प्रदर्शन गरिएको छ ।

सिरहाको कल्याणपुर ५ नंं वडा अध्यक्षलगायत जनता समाजवादी पार्टी नेपालका नेता कार्यक्रताहरुले मशाल जुलुस प्रदर्शन गरेका छन् ।
पूर्व स्वास्थ राज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरण विरुद्व प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि मशाल जुलुस निकालिएको प्रदर्शनकारीको भनाई छ ।
कानुन सबैका लागि बराबर हो भन्दै अपहरण काण्डको मुद्दा अविलम्व दर्ता गर्नुपर्ने दबाब स्वरुप जुलुस निकालिएको संघिय समाजवादी फोरमवाट निर्वाचित वडा अध्यक्ष दिपेन्द्र बरबरिया यादवले बताए ।

प्रदर्शनकारीहरु मास्क लगाएर समाजिक दुरी समेत कायम गरि प्रदर्शनमा उत्रेका छन् ।

सम्बन्धित खवर