कोरोना उपचारको माध्यम लकडाउन रहेकाे सांसद मनाङ्गेकाे भनाइ

कोरोना उपचारको माध्यम लकडाउन रहेकाे सांसद मनाङ्गेकाे भनाइ

पोखरा : विश्वव्यापी महामारीको रुप लिएको कोरोना (कोभिड–१९) सक्रमण संग जुध्न लकडाउनको समय लम्व्याउन र त्यसका लागि मध्येनजर गर्दै सरकारलेनै छिमेकी मुलुक बाट खाद्यान्न सामाग्री सरकारले समयमानै आयात गर्न गण्डकी प्रदेश सांसद दिपक मनाङ्गेले आग्रह गरेका छन ।

यो रोगसंग लड्ने एक मात्र उपाय भनेको नै लकडाउनमा सुरक्षित रुपमा घरमार्नै बस्नु रहेको धारणा राख्दै उनले भने “जवसम्म हामी लकडाउनमा हुन्छौ, तव सम्म रोग फैलिन्न ।” उनले यसका लागि नेपाल सरकारले ६ महिना सम्म पुग्ने खाद्यान्न आपुर्ती गर्न सरकार संग माग गरेका हुन । “अहिले धेरै सामाग्री आयात गर्नु भन्दा पनि अत्यावश्यक मात्रै गेडागुडी र चामल आयात गर्न म सरकारलाई आग्रह गर्छु” उनले भने । आयातका लागि भारत संग मात्रै भर नपरी अरु २/४ मित्रराष्ट्रहरु बाट समेत यसका लागि पहल गर्न उनले आग्रह गरेका छन ।

सरकारले आफै खाद्यान्न सामाग्री आयात गरेर विक्रि वितरण गर्दै त्यस बाट प्राप्त नाफाले गरिव जनतालाई खाद्यान्न निशुल्क रुपमा वितरण गर्न सके सहज हुने प्रदेश सांसद मनाङ्गेगे सुझाएका हुन । उनले भने– “सरकारले किनेको सामाग्री ठुला व्यापारीलाई होइन, सोझै सर्वसाधारणको घर घरमा पुग्न व्यवस्था गर्नुपर्छ, ति सामान कुनै पनि कालो व्यापारीको हातमा नपरोस ।” पटक–पटक लकडाउनको समय थप्दा जनताले आफ्नो योजना समेत बनाउन नसकी अन्यौलमा रहेकोले जिकिर गर्दै उनले भनेका छन –“लकडाउनको अवधी पटक–पटक होइन, लामो समयका लागि बढाउँ, ताकी सबैले आफ्नो योजना बनाउन सकुन, यसले सबैलाई सहज हुन्छ ।”

गाउँ फर्केर जान चाहने सबै नागरिकलाई गाउँ फर्कन सहज वातावरण बनाउँदै गाउँमानै क्वारेन्टाइनमा राख्यो भने पार्टी र सरकारलाई समेत सहज हुने साँसद मनाङ्गेले बताएका छन । उनले भनेका छन–“अहिले नेकपा संग धेरै जनताले विश्वास गरेका छन, जनताको विश्वास माथी कहिँ कतै बाट पनि आँच आउन दिनहुन्न ।” उनले थप प्रष्टाउँदै भने–“जनतानै नरहे के को पार्टी ? के को सरकार ?”

अहिले मुलुकमा देखिएको पार्टी भित्र र सरकारको विषयमा उठेका विषयमा समेत सम्पुर्णलाई गम्भिर हुन आग्रह गर्दै प्रदेश साँसद मनाङ्गेले भनेका छन–“जे–जे विवाद छन ति सबै पार्टी भित्रै बसेर छलफल गर्न र आत्मआलोचना गर्न म सबै नेताहरुलाई आग्रह गर्छु ।” उनले जोड दिंदै भनेका छन–“यो विवाद टिभीको पर्दामा छताछुल्ल पार्ने विषयनै होइन जे भइरहेको छ त्यो गलत भइरहेको छ ।” उनले सबै नेतालाई एक ठाउँ उभिएर गम्भिर भएर सोच्न र जनताको अभिमतको पुर्णरुपले रक्षा गर्न आग्रह गरेका छन ।

लकडाउनका कारण अहिले साना व्यवसायीहरु निकै मर्कामा परिरहेको बताउँदै आफु सँधै जनता र मनाङको बिकासका लागि अगाडी बढिरहेको सांसद मनाङ्गेले बताउँदै अहिलेको विषम परिस्थितीमा समेत आफुले मनाङको विभिन्न स्थानिय निकायहरु संग सहजीकरण गरेर काम गरेको बताउँदै सबै सांसदहरुलाई यसरीनै सहजीकरण गर्न उनले आग्रह गरेका छन ।

उनले प्रदेश सरकारले स्थानिय सरकारलाईलाई वितरण गरेको रकम बाट धेरै जनताले राहत पाएको उल्लेख गर्दै भने–“स्थानिय सरकारले वितरण गरेको राहत वास्तविक समस्यामा परेका सम्म पुग्न पर्छ, यसमा कोही कसैलै पनि राजनिती गर्नपनि हुन्न, कहिं बदमासी भएको छ भने त्यसको छानबिन पनि आवश्यक छ।”

सम्बन्धित खवर