टेन्डर खुलेपनि कोरोना त्रासले सिकारी आएनन्

टेन्डर खुलेपनि कोरोना त्रासले सिकारी आएनन्

बागलुङ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले नेपाल र संसारभर बन्दाबन्दी परेपछि सिकारीलाई रोकिएको हो । नेपाल सरकारले अन्तराष्ट्रिय उडान रोकेको छ । सिकारका लागि आउन चाहने अधिकांस युरोप र अमेरिकीहरुपनि कोरोना संक्रमणको जोखिममा परेकोले राजश्व बुझाएर पनि आएनन् ।

चालु बर्षको दोश्रो सिजनका लाग ११ वटा नाउर र ३ झारल सिकार गर्न पाउने सरकारी व्यवस्था थियो । त्यसका लागि गत चैत ४ गतेनै टेन्टर सम्झौता भैसकेको थियो । चैतदेखि बैसाख पहिलो सातासम्म सिकारीहरु ढोरपाटनमा आएर बस्थे । उनीहरुले ९ लाखदेखि १२ लाख रुपैया“सम्मको बोलकबोल गरेर एउटा नाउर शिकार गर्न तयार हुन्थे । यसरी हरेक बर्ष २ करोडबढी राजश्व संकलन हुने ढोरपाटनमा बन्दाबन्दीले यो बर्ष झण्डै एक करोड राजश्व गुमेको सहायक संरक्षण अधिकृत रमेश यादवले बताए ।

 

युरोप र अमेरिकाका सिकारीहरु हेलिकोप्टर लिएर सिधै ढोरपाटन पुग्ने गर्छन् । उनीहरुले ढोरपाटनमा बढीमा २१ दिनसम्म बसेर शिकार गर्न पाउने व्यवस्था छ ।

 

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागले खुलाएको टेन्डरमा सिकारीले प्रतिष्पर्धाको आधारमा शिकार गर्न अनुमति माग्ने गर्छन् । गतबर्षको दोश्रो सिकारमा एउटै नाउरको १३ लाख ५१ हजार र झारलको १३ लाख ५० हजार रुपैया“ राजश्व उठेको थियो । ‘यो बर्षपछि गतबर्षको अंकमा केही बढाएर सिकारी आउने बेला भएको थियो, कोरोना संक्रमणले रोकियो’ उनले भने, ‘अहिले त आरक्षको संरक्षण गरेर मात्र बसिरहेका छौं ।’ आरक्षले आसपासको बस्तीका मानिसलाई लक्षित गरेर सेनास“को सहकार्यमा क्वारेन्टाइन निर्माण गराएको छ ।

विश्वभरीनै जोखिम भएकोले राजश्व तिरेका सिकारीको पनि सरकारले अर्को सिजनमा बोलाउने तयारी गरेको यादवले बताए । युरोप र अमेरिकाका सिकारीहरु हेलिकोप्टर लिएर सिधै ढोरपाटन पुग्ने गर्छन् । उनीहरुले ढोरपाटनमा बढीमा २१ दिनसम्म बसेर शिकार गर्न पाउने व्यवस्था छ ।  हिमालयन सफारिज, ग्लोबल सफारिज,नेपाल वाइल्ड लाइफ एडभेञ्चर, हिमालयन आउटफिटर, ट्रयाक एण्ड ट्रेल्स र नेपाल वाईल्ड लाईफ समारिज लगायतले सिकारी ल्याउने काम गर्छन् ।

ढोरपाटनमा ७ वटा सिकार व्लक छन् । हरेक बर्ष कात्तिक महिनामा पहिलो सिजन र चैतबैसाखमा दोश्रो सिजनकालागि बिभागले टेन्डर मार्फत सिकार खुलाउ“छ ।
छिटफुट चोरी सिकारी ढोरपाटन हिमाली क्षेत्र भएकोले चितवन, पर्सा र बर्दिया राष्ट्रिय निकुञ्ज जस्तो चोरी सिकार हु“दैन । तर छिटफुट रुपमा रुख र जंगली जनाबर तस्कर गर्नेहरु यहा“पनि सक्रिय छन् । ‘बन्दाबन्दीको समय भएपनि हामीले नियमित गस्ती गरिरहेका छौं’ ढोरपाटनस्थित सुरक्षा गुल्मका सेनानी केशर बुढाथोकीले भने, ‘केही तस्कर र चोरी गर्नेहरु पक्राउ परेका छन् ।’ केहीलाई आरक्षले मुद्दा चलाएको छ भने केहीलाई जरिबाना गराएर छाडेको छ ।

सेनाले व्यारेक नजिकै ४ जनासम्म संक्रमित राख्नेगरी क्वारेन्टाइन बनाएको छ । ‘कोरोना संक्रमणको लक्षण देखिएका स्थानीय भेटिएमा क्वारेन्टाइनमा राखिन्छ’ बुढाथोकीले भने, ‘बस्तीमा पुगेर कोरोना संक्रमण बाट बच्ने उपाया र बन्दाबन्दीको सूचना पनि दिएका छौं ।’ सिकार आरक्षको क्षेत्रमा बागलुङ, म्याग्दी र रुकुमका बस्तीहरु छन् । यहा“ अतिक्रमण समेत थियो । केहीबर्षदेखि सेना बस्न थालेकोले त्यो क्रम हटेको छ । राजश्व तिरेर सिकार गर्न पाउने जनावर देखि संरक्षित जनावर र पंक्षी चोरी सिकार गर्नेहरुको सेना र आरक्षले सुरक्षा दिएको छ । ७ वटा ब्लकमा आरक्षले संरक्षणकर्मी खटाएको छभने सेनाले पनि नियमित गस्ती र अनुगमन गरिरहेको छ ।

सम्बन्धित खवर