तुरून्तै विद्यालय खोल्न सकिने अवस्था छैन –मन्त्री पोखरेल

तुरून्तै विद्यालय खोल्न सकिने अवस्था छैन –मन्त्री पोखरेल

पोखरा : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीको आयोजनामा चैत्र २२ गतेदेखि सुरू भएको अनलाईन शिक्षक प्रशिक्षण कार्यक्रम नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

कार्यक्रममा प्रमुखअतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री पोखरेलले कोरोनाको महाविपत्तीमा विश्व जुधिरहेको बेलायसको प्रभावबाट नेपाल पनि अछुतो रहन नसकेको र करिब महिना दिनदेखि सिङ्गो मुलुक बन्दाबन्दीको अवस्थामा रहेकाले जोखिमको आँकलन गरी स्वास्थ्य मन्त्रालयले तयार गरेको प्रस्तावको आधारमा भोलि बस्ने मन्त्री परिषद्को बैठकले आवश्यक निर्णय गर्ने जानाकारी गराएका थिए । विद्यालयतहको कक्षा एक देखि कक्षा नौ सम्मको अन्तिम परीक्षा सकिएको भएपनि कक्षा दश, एघार र बाह्रको परीक्षा हुन नसकेको अवस्थामा सरकारले गठन गरेको विज्ञहरू सम्मिलित समितिले दिएको प्रतिवेदनको आधारमा स्थगित भएका परीक्षा कहिले, कहाँ र कसरी सञ्चाल नगर्ने ? भन्ने निर्णय हुने बताउँदै कोरोना भाइरसको उद्गम स्थल चीनको वुहान शहरमा पनि सङ्क्रमण नियन्त्रण भई जनजीवन सामान्य आवस्थामा आएको तर अझैसम्म शैक्षिक प्रतिष्ठानहरू नखुलेका अवस्था देखाउदै नेपालमा पनि तुरून्तै विद्यालयहरू खोलेर पहिला जस्तै शिक्षक र विद्यार्थी प्रत्यक्ष रूपमा उपस्थित भई पठनपाठन गर्ने अवस्था छिट्टै नआउने भएकाले सिकाई क्रियाकलापहरू पनि बैकल्पिक विधिवाट सञ्चालन गर्नुपर्ने र त्यस्तो बैकल्पिक धारको नेतृत्व गरी शिक्षकहरूलाई प्रबिधि सँग नजिक बनाउन प्रयत्नशील रहेकोमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन परिवारलाई धन्यवाद र बधाई दिनुभयो ।

सोही कार्यक्रममा विशिष्ट अतिथिको रूपमा मन्तव्य राख्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष बाबुराम थापाले माहामारी रोग वा कुनै प्रकारको युद्धले विश्वको कुनै एक क्षेत्रमा मात्र समस्या ल्याउने भएपनि अहिलेको कोरोना कहरले संसारभर एकै पटक सन्त्रास फैलाएको उल्लेख गर्दै यो कठीन अवस्थामा शिक्षण सिकाई क्रियाकलापका बैकल्पिक उपायको आवश्यकता रहेकोमा त्यसको नेतृत्व गर्ने कास्की संगठनलाई धन्यवाद व्यक्त गरे । शिक्षक महासंघले कक्षा दशका विद्यार्थीहरूको एसईई परीक्षालाई मध्यनजर गरी गठन गरेको विद्यार्थी हेल्प डेक्समा बसेर सहयोग उपलब्ध गराउने ३५ जना शिक्षकहरूको सम्पर्क फोनलाई टोल फ्रि बनाउने कुरा सरकारका प्रतिनिधिहरू सँग भएकोमा अझैसम्म पनि कार्यान्वयन नभएको र सबै विद्यार्थीहरू पैसा तिरेर शिक्षकलाई फोन गर्न सक्ने अवस्थामा नभएकाले तुरून्त शिक्षकहरूका तोकिएका सम्पर्क फोनलाई टोल फ्रि बनाउन आग्रह गरे। हरेक संस्थालाई सञ्चाल नगर्न निश्चित विधिविधान र कानुन चाहिने भएकाले महासंघको पहिलो राष्ट्रिय परिषद्को बैठकले पारित गरेको संशोधित विधानअनुसार आफुले महासंघको नेतृत्व अगाडि बढाएको बताउँदै अध्यक्ष थापाले सबै आबद्ध संगठनको नेतृत्वसँग बसेर कुरा गर्न आफु तयार रहेको भएपनि केहि साथीहरू फेसबुकमा हल्ला गर्दै हिडेकोमा आफ्नो चित्त दुखेको बताए । राष्ट्रिय परिषद्को बैठक, बिधानको संसोधन तथा कार्यान्वयन बारे प्रक्रिया नपुगेको भन्दै फेसबुकमा हल्ला गर्दै हिड्नको सट्टा कानुनी उपचार खोज्न सल्लाह दिए ।

विशिष्ट अतिथिको रूपमा आफ्नो भनाई राख्दै राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण शर्माले शिक्षकलाई प्रविधि मैत्री बनाउन कास्कीले लिएको अग्रसरता र त्यसबाट उत्प्रेरित भई दर्जनौ जिल्ला र सयौ÷हजारौ शिक्षकहरूलाई एकै पटक जुरूक्क उठाउनु ठुलो उपलब्धि भएको बताउँदै आफु विदेश जादा शिक्षामा भएको प्रविधिको उपयोग देखेर आफ्नो मुलुकमा पनि शिक्षालाई प्रविधिसँग कसरी जोड्न सकिएला भनेर दशकौं देखि निरन्तर लागि रहेकोमा अहिले कोरोना कहरले बन्दाबन्दीको अवस्थामा रहँदा देशैभरीबाट एकाएक शिक्षक साथीहरू प्रबिधिको उपयोग प्रति उत्सुकता देखाएको नजिकबाट देख्न पाउँदा आफ्नो दशकौं अगाडि देखिको सपना पुरा हुनेतर्फ अग्रसर भएकोमा खुशी लागेको बताए ।

कास्कीले आज पहिलो चरणको प्रशिक्षण कार्यक्रम समापन गरिरहँदा आउने दिनमा गरिने अध्ययनबाट प्राप्त निस्कर्षको आधारमा अझै व्यवस्थित दोस्रो चरणको प्रशिक्षणको तयारीमा लाग्न खोजेको रूपमा आफुले लिएको बताउँदै त्यस कार्यको निम्ति अग्रिम शुभकामना व्यक्त गरे । शिक्षकलाई एकपक्षीय भाषण गरेर दिने तालिम भन्दा कक्षाकोठाका वास्तविक समस्या बुझेका शिक्षकहरूले गरेको अनुसन्धानमा आधारित समस्याको विश्लेषण र समाधानका बैकल्पिक उपायहरूको खोजी सम्बन्धमा सहपाठीहरूका बीचमा अनुभव आदानप्रदान गरेर सिक्ने कुरा कुनै विश्वविद्यालयका विज्ञले दिएको तालिमभन्दा बढी प्रभावकारी हुनेमा जोड दिए ।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा मन्तब्य राख्दै युवा नेता प्रतिनिधि सभाका सदस्य पदम गिरीले कोरोना सन्त्रासले अस्त व्यस्तता ल्याएको समयमा पनि शिक्षणको बैकल्पिक बाटो बारे गरेका यो प्रयासले शिक्षकहरू साँच्चिकै समाजका अगुवा व्यक्तित्व हुन यिनीहरूलाई समाज र राज्यले सधैं सम्मान गर्नु पर्दछ भन्ने आफ्नो सोचलाई अझ बलियो बनाएको बताए । जवसम्म शिक्षालाई पहिलो प्राथमिकतामा राखेर विकास गरिदैन तवसम्म समाजको विकास हुन सक्दैन भन्दै आगामि दिनमा शिक्षामा बजेट विनियोजन गर्दा त्यसतर्फ विचार पु¥याउन सरकारको ध्यानाकर्षण गर्दै मुलुकका नागरिकको शिक्षा र स्वास्थको जिम्मेवारी पूर्णरूपमा राज्यले लिनुपर्ने कुरामा जोड दिए ।

आफुले लामो समय विद्यार्थी राजनीतिमा खर्च गरेकोले विद्यार्थीहरूका समस्या नजिकबाट बुझ्ने अवसर पाएको बताउँदै सांसद गिरीले विद्यार्थी र शिक्षकहरूका मुद्धाहरू संसद र संसदीय समितिमा निरन्तर उठाउँदै आएको स्मरण गराए । बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी, अस्थायी, राहत, उमावि अनुदान दरबन्दीमा कार्यरत शिक्षक कर्मचारीका मुद्धा फेरि पनि दृढता पूर्बक उठाउने प्रतिबद्धता दोहो¥याऐ । सबैको चासोको रूपमा रहेको शिक्षा ऐन कहिले आउँछ ? भन्दापनि कस्तो आउँछ ? भन्ने कुरामा सजग रहन शिक्षकका पेशागत संगठनको नेतृत्वलाई सुझाब दिंदै अब आउने शिक्षा ऐनले शिक्षाको व्यपार र दलाली गर्ने नभई आमजनताको पहुँचमा पुग्ने कुराको सुनिश्चितता हुनुपर्नेमा जोड दिए । शिक्षक तथा विद्यार्थीहरूले गर्ने हरेक सकरात्मक कार्यहरूमा आफु पनि सधैं सँगसँगै रहने प्रतिबद्धता जनाए ।

प्रशिक्षणमा सहभागि शिक्षकहरूलाई प्रमाणपत्र उपलब्ध गराइएको सो कार्यक्रम जिल्ला समितिका अध्यक्ष रोमहर्षण पौडेलको अध्यक्षता गर्दै प्रशिक्षण कार्यक्रमको सुरूदेखि आजसम्म भएका कार्यक्रम, सहभागि, उलब्धि तथा चुनौती सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरेका गिए । जिल्ला सचिव तिर्थराज ढकालले सञ्चाल गरेको कार्यक्रममा उपाध्यक्ष द्वय बसन्धरा पौडेल र हर्कबहादुर लामिछानेले स्वागत र धन्यवाद मन्तब्य राखेका थिए । कार्यक्रममा गण्डकी प्रदेश अध्यक्ष रामप्रसाद पोखरेल, बरिष्ठ उपाध्यक्ष केशबराज घिमिरे, राष्ट्रिय परीक्षाबोर्ड गण्डकी प्रदेश परीक्षा व्यवस्थापन कार्यलयका प्रमुख विष्णुनारायण श्रेष्ठ, नेपाल शिक्षक महासंघ प्रदेश नं. ५ का अध्यक्ष विष्णु प्रसाद पोखरेल, पर्वत जिल्ला समिति अध्यक्ष चिरञ्जिबी अधिकारी, शिक्षा विकास तथा समन्वय ईकाई तनहुँका प्रमुख रमाकान्त शर्मा, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख लोकनाथ आचार्य, सुचना तथा प्रबिधि विभागका संयोजक दामोदर तिमिल्सिना, प्रशिक्षणमा सहभागि शिक्षक उदयराज पोखरेल (कास्की, शुशीला पौडेल (दाङ), खैरेनी माविका विद्यार्थी संरचना सुवेदी, अमर सिंह माविका अपेक्षा थापा तथा अभिभावक राजन सुवेदीले मन्तब्य राखेका थिए ।

सम्बन्धित खवर