लकडाउनमा सन्दिप क्षेत्रीको सर्ट फिल्म ‘लकडाउन’

लकडाउनमा सन्दिप क्षेत्रीको सर्ट फिल्म ‘लकडाउन’

पाेखरा : विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपाल अहिले लकडाउनमा छ । लकडाउनका कारण सम्पूर्ण फिल्म तथा मनोरञ्जनका गतिविधिहरु पनि ठप्प भएका छन् ।

जसकारण आफ्ना दर्शकलाई घरबाटै मनोरञ्जन दिनका लागि लकडाउन सुरु भएदेखि नै नयाँ–नयाँ चलचित्रहरु तथा विभिन्न छोटो चलचित्रहरु (सर्ट फिल्म) युट्युबमा सार्वजनिक भइरहेका छन् ।

यस्तै लकडाउनका कारण होम क्वारेन्टाइनमा बस्दै आएका हास्य कलाकार सन्दिप क्षेत्रीले पनि ‘लकडाउन’ नाम दिई छोटो चलचित्र भिडियो तयार गरेका छन् । लकडाउनको बेला घरमा बसेर हैरान परी छटपट्टिएर बाहिर निस्कन खोजेका एक युवाको कथालाई प्रस्तुत गरिएको छ ।

त्यतिमात्र नभई उक्त भिडियोमा यो माहामारीको समयमा सामाजिक दुरी कायम गरि सञ्चार माध्यमबाट प्रयोगबाट एक अर्काेसँग भावानात्मक रुपले जोडिन सन्देश पनि दिएको छ ।

उक्त भिडियोमा हास्य कलाकार मदन कृष्णा श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, किरन के.सी, निर्मल शर्मा, सन्जय श्रेष्ठ, सन्दिप क्षेत्री लगायतको अभिनय रहेको छ ।

सन्दिप आफैँले लेखेको उक्त छोटो चलचित्रको अभिनय सबै कलाकारले आ–आफ्नै घरबाट तयार पारेका हुन् । सबै कलाकारहरुको भूमिका र संवाद पठाएर त्यहि अनुसार उनीहरुले आफ्नो भूमिका अनुसार अभिनय गरेर भिडियो सन्दिपलाई पठाएका थिए ।

भिडियोलाई सन्दिपले आफ्नै युट्युब च्यानल ‘सन्दिप क्षेत्री’ बाट शनिबार सार्वजनिक गरेका हुन् । भिडियो दर्शकको प्रतिक्रिया पनि राम्रो पाएको छ ।

सम्बन्धित खवर